यू-१८ फुटबल टोलीका प्रशिक्षक श्रेष्ठद्वारा राजीनामाको घोषणा « Khabarhub

यू-१८ फुटबल टोलीका प्रशिक्षक श्रेष्ठद्वारा राजीनामाको घोषणा


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा टोली घरेलु मैदानमा जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएसँगै प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिने घोषणा गरेका छन् ।

समूहको पहिलो खेलमा नै खराब प्रदर्शन गरेको नेपाल प्रतियोगितामा कमजोर प्रतिद्वन्द्वी मानिएको भुटानसँग ३-० को लजास्पद हार ब्यहोर्न पुगेको थियो । माल्दिभ्ससँग १-१ को बराबरी र भुटानसँगको हारसँगै टोलीको यात्रा माल्दिभ्स र भुटानको खेलमा निर्भर थियो ।

आज भएको समूहको अन्तिम खेलमा यी दुबै टोलीले गोलरहित बराबरी खेलेसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो । लगत्तै श्रेष्ठले हारको सम्पूर्ण जिम्मेवारी लिँदै प्रशिक्षकबाट राजिनामा दिएको घोषणा गरे । उनले भने, “नैतिकताका आधारमा राजीनामा दिन्छु । हारको सम्पूर्ण जिम्मेवारी लिन्छु । मैले तीन प्रतियोगितामा प्रशिक्षण गरे । तर नतिजा निकाल्न नसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ नै । भोलि सचिवालय गएर राजीनामा पत्र दिनेछु ।”

उनले राजीनामाको निर्णय भने भुटानसँगको हारसँगै गरेको पनि बताए । नतिजा निकाल्न नसके पनि आफ्नो प्रशिक्षणमा खेलाडीको प्रदर्शन भने राम्रो भएको प्रशिक्षक श्रेष्ठको दावी छ । यसअघि प्रि-म्याच कन्फेरेन्समा उनले घरेलु मैदानमा उपाधिमा ह्याट्रिक गर्ने बताएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ३२ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित