नमूनायोग्य कामको प्रचार गर्न उपराष्ट्रपति पुनको आग्रह « Khabarhub

नमूनायोग्य कामको प्रचार गर्न उपराष्ट्रपति पुनको आग्रह


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारजगतले राज्यलाई खबरदारीसँगै जनतामा आशा जगाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा मंगलबार आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम भइसकेकाले अब जनतामा आशाको सञ्चार गर्ने सूचना प्रवाह गर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले भने, “देशले राजनीतिक स्थायित्व हासिल गरेको छ । शान्ति कायम भएको छ । अभिव्यक्ति स्वतन्त्रता कायम भएको छ । देश विकास र समृद्धिको मार्गमा अग्रसर छ । आशलाग्दा नमूनायोग्य कामहरु पनि भइरहेका छन् । यसको पनि प्रचार हुनुपर्ला !”

जनताका अधिकार, समानता, स्वतन्त्रताको रक्षासँगै भ्रष्टाचार न्यूनीकरण, विभेदको अन्त्य र राज्यलाई निरन्तर खबरदारी गर्ने पत्रकारिता क्षेत्र विवेकले भरिएको प्रतिपक्ष प्रेस भएकाले स्वाभिमान र कर्तव्य भुलेर प्राथमिकता बिर्सनु नहुने उनको धारणा थियो ।

नेपाल टेलिभिजनका सिन्धुपाल्चोक समाचारदाता नेत्र पौडेल, इमेज टेलिभिजन समाचारदाता गृष्मा राजभण्डारी, क्यामेराम्यानद्वय दिनेश मानन्धर र कुमार थापालाई यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण गरियो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ । समारोहमा अग्रज पत्रकार सम्मान समाचार शाखाप्रमुख राजु सिलवाललाई प्रदान गरियो ।

कार्यक्रममा जयप्रकाश स्मृति सम्मान प्रमुख निर्माता डा टङ्क उप्रेती, नेपाल टेलिभिजन समाचार सम्मान कार्यकारी सम्पादक सतीशचन्द्र पौडेल, शशि चालिसे स्मृति सम्मान कार्यकारी क्यामेराम्यान सुरेशराज मानन्धर तथा वीरेन्द्र कार्की स्मृति सम्मान वरिष्ठ दृश्य सम्पादक सम्झना कर्माचार्यलाई प्रदान गरियो । ती पुरस्कारको राशि जनही पाँच हजार रहेको छ ।

तेह्र वर्षअघि आजकै दिन, ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा नेपाल टेलिभिजन पत्रकार हेमराज भण्डारी र सुनिलकुमार सिंहको निधन भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ३० बजे

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी, मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ– लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन