शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई « Khabarhub

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन् ।

समाजवादी विद्यार्थी युनियनले काठमाडौं आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष भट्टराईले नेपालमा घोकन्ते शिक्षा प्रणाली भएकाले गुणस्तरीय शिक्षा हुन नसकेकाले परीक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारी नियुक्त दलीय भागबण्डामा हुने भएकाले त्यसको अन्त्य गरी प्रतिस्पर्धाका आधारमा हुनुपर्ने बताए । उनले विश्वविद्यालय सुधारका लागि पूर्णतया स्वायत्तमा लैजानुपर्ने धारणा राखे।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुने व्यक्ति प्रशासनिक क्षेत्रको हुनुपर्ने बताए । उनले विश्वविद्यालयमा राजनीतिक नभई स्वच्छ प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले दलीय भागबण्डा हुनाले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताए ।

उनले प्राध्यापकले पढाउने मात्र नभई राज्यलाई निर्देशन दिने ठाउँ भएकाले दलीय भागबण्डा गर्दा मुलुकलाई नै घाटा हुने गरेको बताए ।

सांसद रामकुमारी झाँक्रीले दलीय भागबण्डाले विश्वविद्यालयलाई नै अस्तव्यस्त बनाएकाले त्यसलाई रोक्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : ५० बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर