डब्लुसीएल क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्दै « Khabarhub

डब्लुसीएल क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्दै


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग ९डब्लुसीएल० टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

क्याट काठमाडौं क्विन्स र चितवन राइनोजबीच उपाधिको लागि भिडन्त हुनेछ । दुबै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । चितवन लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको थियो ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख पाउनेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५ सीसीको टीयीएसको स्कुटरसहित ५० हजार प्राप्त गर्नेछ ।

उत्कृष्ट बलिङ र ब्याटिङ गर्नेलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागीता जनाएका थिए । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ५ : ५२ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको