दलितलाई कुटपिट गर्ने वडा सदस्य पक्राउ « Khabarhub

दलितलाई कुटपिट गर्ने वडा सदस्य पक्राउ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेका थिए ।

जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो । विष्टलार्ई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

आइतबार बिहान आर्थिक लेनदेनसम्बन्धी कुराकानी गर्ने विष्टले नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए । त सार्की डाङ्ग्रालाई के को पैसा भन्दै कुटपिट गरेको प्रहरीको दाबी छ । कुटपिटबाट नेपालीको आँखा, घाटी र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

जनप्रतिनिधि विष्टले आफूले नेपालीलाई कुटपिट गरेको स्वीकार गरिसकेका छन् । विभिन्न राजनीतिक दलले घटनालाई मिलापत्रमा टुङ्ग्याउन खोजेपछि पीडित नेपालीले दोषीउपर कारवाही हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : १७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी