हिन्दी फिल्मको मारमा ‘घामड शेरे’, हलवालाले चित्तबुझ्दो शो नदिँदा पोस्टपोन्ड ! | Khabarhub Khabarhub

हिन्दी फिल्मको मारमा ‘घामड शेरे’, हलवालाले चित्तबुझ्दो शो नदिँदा पोस्टपोन्ड !


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रिलिजको दुई दिनअघि चलचित्र ‘घामड शेरे’ को रिलिज मितिमा हेरेफेर गरिएको छ । निर्माण टिमले हल सञ्चालकहरुले पर्याप्त शो नदिँदा रिलिज मिति सार्नुपरेको बताएका छन् ।

यसअघि चलचित्र ‘घामड शेरे’ दशैँमा रिलिज हुने चर्चा थियो । पछि फिल्म कार्तिक ८ गते रिलिज हुने फाइनल भएको थियो । दशैँमा पनि फिल्म धेरै जुध्ने भएपछि सरेको यो फिल्म अब फेरि कार्तिक २२ मा पुगेको हो ।

फिल्मका अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै लेखेका छन्, ‘कृपया मेरो अगाडि चाहिँ नेपाली फिल्मको प्रगतिका लागि हामी काम गरिरहेका छौँ भन्ने शब्द अहिलेका वितरक, हलवाला साहूहरुले र राम्रो चिनजान भएका केही चलचित्रकर्मीहरुले मसँग नगर्नुहोला ।’

उनले आफ्नो फिल्म रिलिजभन्दा अघि नै ‘फेल’ भएको पनि लेखेका छन् । उनले लेखेका छन्, ‘यसपटक मैले सोचेँ कि, भोलि मेरा फिल्म कसरी रिलिज गर्छु ।’

यस्तै वितरक तथा फिल्ममेकर प्रचण्ड श्रेष्ठले आफूहरुको उत्साह र अपेक्षासँग मेल नखाने ‘शो’ हलले दिँदा चलचित्र दुई हप्ता पछाडि सारेको बताएका छन् ।

‘चलचित्र घामड शेरेलाई लिएर हामीभित्र जुन उत्साह र अपेक्षा थियो, त्यो उत्साह र अपेक्षासँग मेल नखाने शो मात्र उपलब्ध हुँदा चलचित्रलाई दुई हप्तापछि सार्ने निर्णय गरेका छौँ,’ उनको भनाइ छ, ‘हामीलाई विश्वास गर्नुहुने सम्पूर्ण दर्शकहरु, अहोरात्र खटिएका चलचित्रका कलाकार तथा प्राविधिकहरु र निर्माताहरुलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको ‘घामड शेरे’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन् । बिसीकै निर्माण तथा लेखन रहेको यो फिल्म रिलिजअघि राम्रो चर्चामा छ ।

हिन्दी चलचित्र ‘हाउसफूल ४’ प्रदर्शनमा आएको छ । सो फिल्मले मल्टिप्लेक्स हलमा बढी शो र नेपाली चलचित्रले कम शो पाएपछि ‘घामड शेरे’ दुई हप्तापछाडि सरेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : ४२ बजे

‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौं– कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल