हिन्दी फिल्मको मारमा ‘घामड शेरे’, हलवालाले चित्तबुझ्दो शो नदिँदा पोस्टपोन्ड ! « Khabarhub

हिन्दी फिल्मको मारमा ‘घामड शेरे’, हलवालाले चित्तबुझ्दो शो नदिँदा पोस्टपोन्ड !


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रिलिजको दुई दिनअघि चलचित्र ‘घामड शेरे’ को रिलिज मितिमा हेरेफेर गरिएको छ । निर्माण टिमले हल सञ्चालकहरुले पर्याप्त शो नदिँदा रिलिज मिति सार्नुपरेको बताएका छन् ।

यसअघि चलचित्र ‘घामड शेरे’ दशैँमा रिलिज हुने चर्चा थियो । पछि फिल्म कार्तिक ८ गते रिलिज हुने फाइनल भएको थियो । दशैँमा पनि फिल्म धेरै जुध्ने भएपछि सरेको यो फिल्म अब फेरि कार्तिक २२ मा पुगेको हो ।

फिल्मका अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै लेखेका छन्, ‘कृपया मेरो अगाडि चाहिँ नेपाली फिल्मको प्रगतिका लागि हामी काम गरिरहेका छौँ भन्ने शब्द अहिलेका वितरक, हलवाला साहूहरुले र राम्रो चिनजान भएका केही चलचित्रकर्मीहरुले मसँग नगर्नुहोला ।’

उनले आफ्नो फिल्म रिलिजभन्दा अघि नै ‘फेल’ भएको पनि लेखेका छन् । उनले लेखेका छन्, ‘यसपटक मैले सोचेँ कि, भोलि मेरा फिल्म कसरी रिलिज गर्छु ।’

यस्तै वितरक तथा फिल्ममेकर प्रचण्ड श्रेष्ठले आफूहरुको उत्साह र अपेक्षासँग मेल नखाने ‘शो’ हलले दिँदा चलचित्र दुई हप्ता पछाडि सारेको बताएका छन् ।

‘चलचित्र घामड शेरेलाई लिएर हामीभित्र जुन उत्साह र अपेक्षा थियो, त्यो उत्साह र अपेक्षासँग मेल नखाने शो मात्र उपलब्ध हुँदा चलचित्रलाई दुई हप्तापछि सार्ने निर्णय गरेका छौँ,’ उनको भनाइ छ, ‘हामीलाई विश्वास गर्नुहुने सम्पूर्ण दर्शकहरु, अहोरात्र खटिएका चलचित्रका कलाकार तथा प्राविधिकहरु र निर्माताहरुलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।’

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको ‘घामड शेरे’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन् । बिसीकै निर्माण तथा लेखन रहेको यो फिल्म रिलिजअघि राम्रो चर्चामा छ ।

हिन्दी चलचित्र ‘हाउसफूल ४’ प्रदर्शनमा आएको छ । सो फिल्मले मल्टिप्लेक्स हलमा बढी शो र नेपाली चलचित्रले कम शो पाएपछि ‘घामड शेरे’ दुई हप्तापछाडि सरेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : ४२ बजे

कलाकार ‘बले’ प्रकरण : आरोप थियो बलात्कारको, म्याद थपियो अभद्र व्यवहारमा

काठमाडौं- अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ परेका ‘बले’ नामले चिनिने कलाकार

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर)

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

हाइफा– इजरायली फायर फाइटरहरूले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

कर्णाली– ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली मर्‍यो भुनि जान्नु’ अर्थात्

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको