अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै झरना « Khabarhub

अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै झरना


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ४’ निर्माण हुने भएको छ । यसअघि ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी खोजी भइरहेको बताएकी छिन् ।

‘हामीले यतिबेला यही फिल्मका लागि काम गरिरहेका छौँ, केही हप्तामा अभिनेता को रहने भन्नेमा टुङ्गो लगाउँछौँ,’ झरनाले खबरहबसँग भनिन्, ‘फिल्मको स्किृप्टमा काम चलिरहेको छ, नायिका भने सुहाना नै हुन्छिन् ।’

चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी सुहाना थापालाई पुनः होम प्रोडक्सनको ब्यानरमा दर्शकले देख्न पाउने भएका छन् ।

‘हामी यो फिल्मबाट भन्दा पनि ‘भागवत गीता’ निर्माण गर्ने योजनामा थियौँ, तर अनमोल केसीको समय नमिल्दा हामीले यो चलचित्र पहिले बनाउने भयौँ,’ झरनाले भनिन् ।

चलचित्र ‘भागवत गीता’ मा भने दर्शकले अनमोल केसी र सुहाना थापाको जोडी रहने पहिले नै कुरा भएको थियो । यता अनमोल अन्य फिल्ममा व्यस्त भएपछि झरना ‘ए मेरो हजुर ४’ मा जुटेकी हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : २५ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा