बंङ्गलादेशमा १९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला « Khabarhub

बंङ्गलादेशमा १९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बाङ्ग्लादेशको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो । उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो । त्यहाँ उनलाई बुर्का लगाएका चार-पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए ।

त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो ।

नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको चार दिनपछि मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : ४२ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा