बंङ्गलादेशमा १९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला | Khabarhub Khabarhub

बंङ्गलादेशमा १९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बाङ्ग्लादेशको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो । उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो । त्यहाँ उनलाई बुर्का लगाएका चार-पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए ।

त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो ।

नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको चार दिनपछि मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : ४२ बजे

शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन पुष्टि

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना