महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश « Khabarhub

महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो । दोस्रोपटक म्याद सकिएपछि महरालाई आज अदालत उपस्थित गराइएको थियो । अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले त्यसको भोलिपल्ट सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ५ : २८ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व