उपाधि जितेपछि इन्दुको प्रतिक्रिया : खुसीको बयान गर्न सक्दिन « Khabarhub

उपाधि जितेपछि इन्दुको प्रतिक्रिया : खुसीको बयान गर्न सक्दिन


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) – २०१९ को उपाधि चितवन राइनोजले उचालेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले ऐतिहासिक उपाधि उचालेको हो ।

उपाधि विजेता चितवनले प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको हो । उपाधि विजेता टोली चितवनले ट्रफीसहित ७ लाख नगद प्राप्त गरेको छ ।

राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी तथा चितवनकी कप्तान इन्दु बर्माले आफू कप्तान रहेको टोली पहिलो संस्करणको विजेता बन्छ भन्ने कहिलै नसोचेको बताइन् ।

‘मैले सोचेको पनि थिइनँ । कति खुसी भनेर बयान गर्न पनि सक्दिन,’ इन्दुले खेलबारे भनिन्, ‘प्रतियोगितामा शुरुवातदेखि नै जीत हात पार्दै आएकाले यो पनि त्यही जीतको निरन्तरताका रुपमा लिएका छौं । जीत हात पार्दा उत्साहित छौं ।’

काठमाडौंले टस जितेर फिल्डिङ रोज्नु नै गल्ति भएको इन्दुको दाबी छ । उनले भनिन्, ‘मलाई चाहिँ टस जितेर फिल्डिङ रोज्नु नै गल्ति हो जस्तो लाग्छ ।’

यता, उपविजेता टोली काठमाडौं तथा राष्ट्रिय महिला टोलीकी कप्तान रुबिना क्षेत्रीले आफूले फाइनलमा हारे पनि महिला क्रिकेटको जीत भएको बताएकी छन् ।

उनले महिला क्रिकेटमा फ्रेन्चाईज लिग आयोजना हुनु नेपाली महिला क्रिकेटका लागि राम्रो संकेत भएको बताइन् । ‘फाइनलमा हार व्यहोर्दा नरमाइलो लागिरहेको छ । तर, महिला क्रिकेटले जीतेको छ । मलाई गर्व लाग्छ, म राष्ट्रिय

महिला क्रिकेट टोलीकी कप्तान हुँ भन्दा गर्व महसुस हुन्छ,’ रुविनाले भनिन्, ‘खेलाडीहरुले आफ्नो जिम्मेवारी सही तरिकाले निभाउन नसकेपछि टिम कोल्याप्स हुन्छ नै । महत्वपूर्ण कुरा के भने टिम अनुभवी खेलाडीमा भर पर्यो । जुनियरहरुले त्यो उत्तरदायित्व लिन अझै समय लाग्छ ।’

आफ्नो टोलीका खेलाडी ११३ को मध्यम लक्ष्यमा नर्भस भएको रुविनाले बताउँदै चितवनले उत्कृष्ट खेलेको बताइन् । ‘चितवनले राम्रो खेलेको कुरा स्वीकार्नु पर्छ,’ रुविनाले भनिन् ।

पहिलो संस्करणको प्लेयर अफ दि सिरिज भएकी रुविनाले आफ्नो प्रदर्शन सुधार्न आफू सधैँ लागिरहने बताइन् । ‘म सधैँ आफूलाई ‘इम्प्रुभ’ गर्न चाहन्छु । अझै राम्रो क्रिकेट खेल्न मन छ । आज मैले राम्रो खेल्न सकेको भए टिमले जित्न पनि सक्थ्यो,’ रुविनाले भनिन्,‘मैले राम्रो गर्न सकिनँ । तर, पनि हरेक दिन म आफूलाई तयार पार्न चाहन्छु ।’

प्रतियोगिताको विजेता टोली चितवनले ट्रफीसहित ७ लाख पाउँदा उपविजेता टोली काठमाडौंले ३ लाख हात पारेको छ । यस्तै, व्यक्तिगत पुरस्कारमा पनि प्रतियोगिताको विजेता टोली चितवनका खेलाडीको वर्चश्व रह्यो ।

जसमा बेस्ट ब्याट्सवुमन चितवनकी काजोल श्रेष्ठ बनिन् । श्रेष्ठले २५ हजार नगदसहित मेडल हात पारिन् । बेस्ट बलरको पुरस्कार चितवनकी कविता गौतमले हात पारिन् । उनले पनि २५ हजार नगद प्रमाणपत्र हात पारिन् । युवा खेलाडीको पुरस्कार पनि चितवनकी इश्वरी बिष्टले हात पारिन् । उनले १५ हजार नगद हात पारिन् ।

‘प्लेअर अफ दि सिरिज’ भने काठमाडौंकी कप्तान रुविना क्षेत्री भइन् । उनले टिभिएसको स्कुटरसहित नगद ५० हजार पाइन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : २० बजे

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान

विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

गोरखा – उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी

अनुसन्धान मबाट सुरु होस् : राजिव खत्री

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले राष्ट्रिय