महिला भलिबल टोलीद्वारा जापानी टोली पराजित « Khabarhub

महिला भलिबल टोलीद्वारा जापानी टोली पराजित


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले जापानी जुनियर टाेली‍लाई पराजित गरेको छ ।

बिहीबार थाईल्याण्डमा भएको चौथो मैत्रिपूर्ण खेलमा नेपाली महिला टोलीले जापानको जुनियर टोलीलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो ।

एसियाली प्रशिक्षण स्थलमा भएको खेलमा नेपाली महिला टोलीले जापानी टोलीलाई २५–१५, २०–२५, २५–१६ र २५–११ ले पराजित भएको हो ।

यसअघि नेपालले थाईल्याण्डको स्थानीय टिम जरानसानिवोङ र बैंकक युनिभर्सिटी यु–२३ टिमलाई समान ३–१ को सेटमा हराएको थियो ।

यस्तै, थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो भने शनिबार थाइल्याण्डको शीर्ष टिमसँग र बुधबार थाईल्याण्डकै युनिभर्सिटीको च्याम्पियन टिमसँग खेल्नेछ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो ।

थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : ४५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार