घुस लिएको अभियोगमा प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

घुस लिएको अभियोगमा प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बीमा सिफारिस गरिदिने भन्दै प्रहरी नायब निरीक्षक जिसीले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगको टोलीले जिसीलाई केही दिन पहिले घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । यस्तै आयोगले बालज्योति मावि कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शिक्षक नियुक्तिमा सहजीकरण गरिदिने भन्दै प्रधानाध्याक मौर्यले विज्ञान शिक्षक पदमा परीक्षा दिन आएका एक परीक्षार्थीसँग रु ४० हजार घुस लिएको आरोप लागेको छ ।

आयोगको टोलीले मौर्यलाई केही दिन पहिले शिवराज नगरपालिका–५ चन्द्रौटाबाट पक्राउ गरेको थियो ।

त्यस्तै आयोगले यातायात व्यवस्था कार्यालय साना ठूला सवारी ३ नम्बर प्रदेश कार्यालय ललितपुरका सिनियर इलेक्ट्रिसियन रुपमप्रसाद गुरागाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गुरागाईले एक सेवाग्राहीलाई विद्युतीय सवारीसाधनको बाटो इजाजत सहज बनाइदिने भन्दै रु ६० हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगले नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय पर्साको प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ र शिक्षक सुरेश महत्तो तथा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मिँयाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले करारमा शिक्षक नियुक्त गरिदिने भन्दै एक सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तीमध्ये विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमिल मिँया हाल फरार रहेका छन् । उनीहरुविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरिएको छ ।

त्यसैगरी आयोगले नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्टयाउने कार्य गरिदिएबापत भण्डारीले सेवाग्राहीसँग रु १० हजार घुस लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : ३६ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र