घुस लिएको अभियोगमा प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा | Khabarhub Khabarhub

घुस लिएको अभियोगमा प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बीमा सिफारिस गरिदिने भन्दै प्रहरी नायब निरीक्षक जिसीले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगको टोलीले जिसीलाई केही दिन पहिले घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । यस्तै आयोगले बालज्योति मावि कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शिक्षक नियुक्तिमा सहजीकरण गरिदिने भन्दै प्रधानाध्याक मौर्यले विज्ञान शिक्षक पदमा परीक्षा दिन आएका एक परीक्षार्थीसँग रु ४० हजार घुस लिएको आरोप लागेको छ ।

आयोगको टोलीले मौर्यलाई केही दिन पहिले शिवराज नगरपालिका–५ चन्द्रौटाबाट पक्राउ गरेको थियो ।

त्यस्तै आयोगले यातायात व्यवस्था कार्यालय साना ठूला सवारी ३ नम्बर प्रदेश कार्यालय ललितपुरका सिनियर इलेक्ट्रिसियन रुपमप्रसाद गुरागाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गुरागाईले एक सेवाग्राहीलाई विद्युतीय सवारीसाधनको बाटो इजाजत सहज बनाइदिने भन्दै रु ६० हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगले नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय पर्साको प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ र शिक्षक सुरेश महत्तो तथा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मिँयाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले करारमा शिक्षक नियुक्त गरिदिने भन्दै एक सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तीमध्ये विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमिल मिँया हाल फरार रहेका छन् । उनीहरुविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरिएको छ ।

त्यसैगरी आयोगले नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्टयाउने कार्य गरिदिएबापत भण्डारीले सेवाग्राहीसँग रु १० हजार घुस लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : ३६ बजे

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !

काभ्रे– काभ्रेमा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

काठमाडौं–  श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

ललितपुर– महालक्ष्मी नगरपालिका-१ इमाडोल सम्झनाटोल बस्ने ७० वर्षीय सानुबाबु देउलाको घरमा जुवातास

पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना

टोकियो- जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि

कांग्रेस महामन्त्री, गृहमन्त्री र प्रमुख सचेतकबीच भूमिसम्बन्धी विधेयकबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको चालु अधिवेशनमा सैद्धान्तिक छलफल भएको ‘भूमिसम्बन्धी