आबुधाबी टिमबाट पारसले खेल्ने भए टी–१० लिग, १० हजार अमेरिकी डलरमा आवद्ध « Khabarhub

आबुधाबी टिमबाट पारसले खेल्ने भए टी–१० लिग, १० हजार अमेरिकी डलरमा आवद्ध


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेल्ने भएका छन् ।

विहीबार राति आबुधाबी टिमले पारस खड्कालाई टी–१० लिगका लागि १० हजार अमेरिकी डलरमा आफ्नो टोलीमा आवद्ध गरेको हो । टोलीमा आवद्ध भएसँगै पारसले दोस्रो संस्करणको टी–१० लिग खेल्नेछन् । आबुधावी टोलीको कप्तानमा इङ्ल्यान्डका मोइन अलि रहेका छन्।

पारस नेपालका अलराउण्डर खेलाडी हुन् । खड्काले टि–२० र एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् । नेपाली खेलाडीहरुमा खड्काले टी–२० मा सर्वाधिक रन बनाएका छन् ।

टोलीमा आवद्ध भएसँगै पारस नेपालबाट विदेशी लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् ।  यसअघि लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामीले विदेशी लिग खेलिसकेका छन् । टी-१० लिगको पहिलो संस्करणमा नेपाली खेलाडी सन्दीप सामेल थिए । सन्दीप यो संस्करणमा कर्नाटक टस्कबाट खेल्नेछन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : ३० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष