आबुधाबी टिमबाट पारसले खेल्ने भए टी–१० लिग, १० हजार अमेरिकी डलरमा आवद्ध « Khabarhub

आबुधाबी टिमबाट पारसले खेल्ने भए टी–१० लिग, १० हजार अमेरिकी डलरमा आवद्ध


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेल्ने भएका छन् ।

विहीबार राति आबुधाबी टिमले पारस खड्कालाई टी–१० लिगका लागि १० हजार अमेरिकी डलरमा आफ्नो टोलीमा आवद्ध गरेको हो । टोलीमा आवद्ध भएसँगै पारसले दोस्रो संस्करणको टी–१० लिग खेल्नेछन् । आबुधावी टोलीको कप्तानमा इङ्ल्यान्डका मोइन अलि रहेका छन्।

पारस नेपालका अलराउण्डर खेलाडी हुन् । खड्काले टि–२० र एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् । नेपाली खेलाडीहरुमा खड्काले टी–२० मा सर्वाधिक रन बनाएका छन् ।

टोलीमा आवद्ध भएसँगै पारस नेपालबाट विदेशी लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् ।  यसअघि लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामीले विदेशी लिग खेलिसकेका छन् । टी-१० लिगको पहिलो संस्करणमा नेपाली खेलाडी सन्दीप सामेल थिए । सन्दीप यो संस्करणमा कर्नाटक टस्कबाट खेल्नेछन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : ३० बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही