८ मिनेटमा तीन गोल गर्दा पनि युनाइटेडले जित्न सकेन « Khabarhub

८ मिनेटमा तीन गोल गर्दा पनि युनाइटेडले जित्न सकेन


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले नव प्रवेशी क्लब सेफिल्डसँग ३-३ गोलको बराबरी खेलेको हो ।

सेफिल्डको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि ब्राण्डन विलियम्स, मासुन ग्रीनवुड र मार्कोस राष्फोर्डले एक एक गोल गरे ।

सेफिल्डका जोन फ्लेक,लेस मोसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने सेफिल्डले बनाएको थियो । खेलको १९ औं मिनेटमा जोनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा मोसेटले गोल गर्दा सेफिल्ड २-० ले अघि रह्यो ।

खेलको ७२ औं मिनेटमा विलियम्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने कोशिस गरे । ७७ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । विलियम्स र ग्रीनवुडको यो पहिलो प्रिमियर लिग गोल हो ।

लगत्तै ७९ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३-२ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा सेफिल्डका ओलिभरले गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै युनाइटेडले १३ खेलबाट १७ अंक जोडेको छ । र, युनाइटेड नवौं स्थानमा उक्लिएको हो ।

सेफिल्ड १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : ४८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा