धनुषामा बेहुला र जन्तीका लागि बेहुलीका बुवाले गरे हेलिकोप्टर चार्टर्ड « Khabarhub

धनुषामा बेहुला र जन्तीका लागि बेहुलीका बुवाले गरे हेलिकोप्टर चार्टर्ड


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाको कमला नगरपालिकामा हेलिकोप्टर चार्टर्ड गरी बालविवाह गरिएको छ । विवाह शनिवार भएको हो ।

प्रदेश नम्बर २ स्थित धनुषाको कमला नगरपालिका वडा नम्बर -४ बल्हा सघारा हेलिकोप्टर अवतरण गरिएको थिए । प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरमा दुलहा उनका बुवा र दुई जन्तीसहति बेहुलीको घर पुगेका थिए ।

१६ वर्षीया बेहुली सबनम कवारीको विवाहका लागि बुवा सतार कवारीले ज्वाइँ र जन्तीका लागि हेलिकोप्टर चार्टड गरेका थिए । विवाह सकिएपछि साँझ चार बजे हेलिकोप्टर सिरहा खुसीपुर नगरपालिका लर्कन्हाका लागि उडेको स्थानीयले बताएका छन् ।

बाल विवाहमा वडा नम्बर ४ का वडा अध्यक्ष विवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकी इञ्चार्ज असई गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेस क्याम्पका हवल्दार रञ्जित दनुवार पनि उपस्थित भएका थिए ।

बालविवाह भइरहेपनि सुरक्षा निकाय र जनप्रतिनिधले रोक्ने कुनै प्रयास गरेन् । वडा अध्यक्ष कबारीले भने आफूलाई बालविवाह भन्ने थाहा नभएको बताए । विवाहको निम्तो आएका कारण आफू उपस्थित भएको उनको प्रतिक्रिया थियो ।

प्रदेश नम्बर दुईमा बालविवाह सामाजिक समस्याको रुपमा रहेको छ । बालविवाह रोक्नका लागि विभिन्न प्रयास हुने गरेपनि रोकिएको भने छैन ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ०३ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु