डाक्टरलाई बसले ठक्कर दिएको सीसी टीभी फुटेज फेला, नम्बर पहिचानमा समस्या | Khabarhub Khabarhub

डाक्टरलाई बसले ठक्कर दिएको सीसी टीभी फुटेज फेला, नम्बर पहिचानमा समस्या


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिने गाडीको अझै पहिचान खुल्न सकेको छैन । बिहानैदेखि गाडीको खोजी गरे पनि राति अबेरसम्म यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

हिजो बिहान करीब ६ बजेको समयमा ‘मर्निङ वाक’मा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा प्रभु जोशीको निधन भएको थियो । उनी वसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत थिए ।

प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले सडकबाट बाटो काट्न लाग्दा बसले ठक्कर दिएको जानकारी दिए । सिसी टिभीको फुटेजबाट ठूलो बसले ठक्कर दिएको देखिएकाले बसको खोजी गरिरहेको उनले बताए ।

नम्बरको पहिचान नभए पनि गाडी पत्ता लाग्ने उनको भनाइ छ । जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ ।

७२ वर्षीय जोशी मर्निङ वाक निस्कएको बेला आइतवार विहान ६ बजे संसद भवनको दक्षिण गेट अगाडि सवारीसाधनले ठक्कर दिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा उनको टाउको क्षतविक्षत भएको र घटनास्थलमै मृत्यु भएको थियो । उनी इशान बाल तथा महिला अस्पतालमा कार्यरत थिए । उक्त अस्पतालका उनी शेयर होल्डर समेत थिए ।

डा जोशी यसअघि त्रिवि शिक्षण अस्पतालम एनेस्थेसियामा कार्यरत थिए ।

इशान अस्पतालका एक कर्मचारीका अनुसार डा जोशी इशान अस्पतालमा शुरुदेखि नै लगानीकर्ता हुन् । उनी टिचिङ अस्पतालबाट अवकाश पाएदेखि इशान अस्पतालमै एनेस्थेसियामा समेत काम गर्ने गर्थें ।

डा जोशीकी पत्नी ललिता जोशी समेत चिकित्सक हुन् । उनी स्त्रीरोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : १२ बजे

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र