डाक्टरलाई बसले ठक्कर दिएको सीसी टीभी फुटेज फेला, नम्बर पहिचानमा समस्या « Khabarhub

डाक्टरलाई बसले ठक्कर दिएको सीसी टीभी फुटेज फेला, नम्बर पहिचानमा समस्या


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिने गाडीको अझै पहिचान खुल्न सकेको छैन । बिहानैदेखि गाडीको खोजी गरे पनि राति अबेरसम्म यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

हिजो बिहान करीब ६ बजेको समयमा ‘मर्निङ वाक’मा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा प्रभु जोशीको निधन भएको थियो । उनी वसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत थिए ।

प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले सडकबाट बाटो काट्न लाग्दा बसले ठक्कर दिएको जानकारी दिए । सिसी टिभीको फुटेजबाट ठूलो बसले ठक्कर दिएको देखिएकाले बसको खोजी गरिरहेको उनले बताए ।

नम्बरको पहिचान नभए पनि गाडी पत्ता लाग्ने उनको भनाइ छ । जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ ।

७२ वर्षीय जोशी मर्निङ वाक निस्कएको बेला आइतवार विहान ६ बजे संसद भवनको दक्षिण गेट अगाडि सवारीसाधनले ठक्कर दिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा उनको टाउको क्षतविक्षत भएको र घटनास्थलमै मृत्यु भएको थियो । उनी इशान बाल तथा महिला अस्पतालमा कार्यरत थिए । उक्त अस्पतालका उनी शेयर होल्डर समेत थिए ।

डा जोशी यसअघि त्रिवि शिक्षण अस्पतालम एनेस्थेसियामा कार्यरत थिए ।

इशान अस्पतालका एक कर्मचारीका अनुसार डा जोशी इशान अस्पतालमा शुरुदेखि नै लगानीकर्ता हुन् । उनी टिचिङ अस्पतालबाट अवकाश पाएदेखि इशान अस्पतालमै एनेस्थेसियामा समेत काम गर्ने गर्थें ।

डा जोशीकी पत्नी ललिता जोशी समेत चिकित्सक हुन् । उनी स्त्रीरोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : १२ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई