विमल, अन्जन र दिनेशले साग खेल्न नपाउने, ३ नयाँ खेलाडीले पाए मौका « Khabarhub

विमल, अन्जन र दिनेशले साग खेल्न नपाउने, ३ नयाँ खेलाडीले पाए मौका


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल टोलीमा तीन नयाँ खेलाडीले स्थान पाएका छन् । यु–२३ टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले साग खेल्ने टोलीमा राजेश परियार, राजिव लोप्चन र प्रेजन तामाङ परेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य स्टाइकर विमल घर्ती मगर, मिडफिल्डर अन्जन बिष्ट र दिनेश राजवंशीलाई कारबाही गरेपछि नयाँ तीन खेलाडीले साग खेल्ने टोलीमा ठाउँ पाएका हुन् ।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । एन्फाले कारबाहीलाई निरन्तरता दिएपछि २० बर्षपछि घरमै हुन लागेको प्रतियोगिता खेल्नबाट यी तीन खेलाडी वञ्चित हुने भएका छन् ।

यसअघि १२ औं सागमा नेपालले स्वर्ण जित्दा विमल र अञ्जन महत्वपूर्ण खेलाडीका रुपमा टोलीमा थिए । उक्त संस्करणमा भारतलाई नेपालले २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ११ : २९ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ