रोजगारदाता कम्पनी छोडर भाग्ने विदेशी श्रमिकले पुन साउदी जान नपाउने | Khabarhub Khabarhub

रोजगारदाता कम्पनी छोडर भाग्ने विदेशी श्रमिकले पुन साउदी जान नपाउने


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी सरकारले करार अवधिभित्र रोजगारदाता छाडेर अवैध रुपमा बस्ने कामदारलाई पुनः साउदी प्रवेशका लागि आजीवन प्रतिबन्ध लगाउने भएको छ ।

साउदीको अध्यागमन विभागले आप्रवासी कामदारले रोजगारदाता छाडेर अर्को कम्पनीमा काम गर्ने क्रम बढ्न थालेपछि नयाँ नियम जारी गरेको जनाएको छ ।

रोजगारदाता कम्पनी परिवर्तन गर्ने भन्दै भाग्ने विदेशी श्रमिलाई थप ६ महिना जेल र ५० हजार रियाल जरिवाना गर्ने नियम ल्याएको साउदी अध्यागमन विभागले सम्बन्धीत देशका कुटनीतिक नियोगलाई जानकारी गराएको छ ।

रियादस्थित नेपाली दूतावासले पनि साउदीमा कार्यरत नेपाली श्रमिकलाई यो विषयमा सूचनामार्फत जानकारी गराएको छ । रोजगारदाता कम्पनी परिवर्त नगर्ने करार अवधि सकिएपछि पुन स्वदेश फर्कन अपिल गरेको छ । साउदी भित्र बिरामी र अन्य समस्या परेमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  २ : ०७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई