अन्तर्राष्ट्रिय बन्दरगाहमा देखिनेछन् नेपाली झण्डा अंकित कन्टेनर | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय बन्दरगाहमा देखिनेछन् नेपाली झण्डा अंकित कन्टेनर


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब विश्वका प्रमुख बन्दरगाहबाट नेपालको झण्डा अंकित कन्टेनरहरुले मालसामान ढुवानी गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै पानी जहाज र मालसामान ढुवानी गर्ने भाषण गर्दा कतिपयले हावादारी भन्दै उडाए पनि अब यो सम्भव हुने भएको छ ।

प्रधानमन्त्रीले भने जस्तो पानी जहाज नै नभएपनि राष्ट्रिय झण्डा अंकित नेपाली कन्टेनरले अब विश्वको जुनसुकै समुन्द्री बन्दरगाहबाट मालसामान ओसार पसार गर्नेछन् । नेपाल सिपिङ लाइन्सले अहिले झन्डै दुई हजार कन्टेनर मार्फत विश्वका विभिन्न बन्दरगाहबाट कन्टेनर सेवा आरम्भ गर्न लागेको हो ।

यसबाट नेपाली आयातकर्तासँग राज्यले नै लाभ लिन सक्ने छ ।

प्रभु ग्रुपले नेपाल सिपिङ लाइन्स सञ्चालन गर्ने भएको छ । यो सेवा सञ्चानलमा आएसँगै विश्वका जुनसुकै बन्दरगाहबाट नेपाली झण्डा अंकित करिब २ हजार कन्टेनरले सामान ओसारपसार गर्न सक्नेछन् ।

नेपाली कन्टेनरबाट सामान आयत गर्दा नेपाली कार्गौ व्यवसायीले विदेशी कन्टेनर भाडामा लिनुपर्ने छैन । यसले समयमा बचत हुन्छ । अन्य सिपिङको ट्रान्जिट लामो र धेरै हुने हुँदा समय धेरै लाग्ने तर नेपाली कन्टेरबाट लागत पनि कम लाग्ने नेपाल सिपिङ लाइन्सका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए ।

सरकारको सुखी नेपाली र समृद्ध नेपालको सपनालाई आफ्नो तर्फबाट साकार गर्न प्रभु ग्रुपले नेपाल सिपिङ लाइन्स सञ्चालनमा ल्याएको बताएको छ ।

सबै खाले व्यापारको मेरुदण्ड यातायात भएको र अझ जल यातायात त कुनै पनि व्यापारका लागि वरदान नै भएको भएपनि आफ्नै सिपिङ लाइन्स र कन्टेनरको अभावमा नेपालका व्यवसायीहरुले चर्को शुल्क, अनावश्यक झन्झट र सामान ढुवानीमा चाहिनेभन्दा बढी समय खर्चिरहेको अवस्थामा नेपाल सिपिङ लाइन्स सञ्चालनमा आएपनि फाइदा पुग्ने प्रभु ग्रुपले जनाएको छ ।

तेस्रो मुलुकबाट सामान आयात गर्ने व्यवसायीको लागत र समय दुबै वचत गराउन प्रभु ग्रुपको उत्कृष्ट र सक्षम नेतृत्वको मार्गनिर्देशमा सञ्चालित नेपाल सिपिङ लाइन्सले कन्टेनरको सेवा शुरुवात गरेको जनाएको छ ।

नेपालको राष्ट्रिय झण्डा अंकित आफ्नै कन्टेनरमा समुद्रपारबाट सामान आयात गर्न नेपाल सिपिङ लाइन्सका हाल १ हजार ८ सय कन्टेनर तयार छन् ।

आफ्नै देशको झण्डा अङ्कित कन्टेनर वीरगञ्ज भन्सार कार्यालयमा केही दिनभित्र आइपुग्ने प्रभु ग्रुपले जनाएको छ । यो संख्या आगामी वर्षको अन्त्यसम्म ३ हजार पुर्‍याउने लक्ष्य कम्पनीको राखेको जनाएको छ ।

जसबाट आयातकर्ता प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् भने परोक्ष रुपमा नेपालका उपभोक्तालाई समेत यसबाट फाइदा पुग्ने नेपाल सिपिङ लाइन्सका अध्यक्ष भट्टचनको भनाइ छ ।

अहिले सुदुरपुर्वी देशहरु बाट ४५ देखि ६० दिनको हाराहारीमा सामान आयात गर्दै आएका व्यवसायीले नेपाल सिपिङ लाइन्सको सेवामाफर्त् सो समय ३० दिनमा झार्न सक्ने उनको दाबी छ ।

त्यस्तै झण्डै ३८ प्रतिशत अतिरिक्त शुल्क तिर्न बाध्य व्यवसायीले त्यो भन्दा धेरै कममा सामान आयात गर्न सक्छन् । जसको प्रत्यक्ष असर सामानको मूल्यमा पर्ने हुँदा आम उपभोक्तालाई पनि केही राहत मिल्नेमा कुनै द्विविधा नभएको सिपिङ लाइन्सको भनाइ छ ।

विदेशी सिपिङ कम्पनीको सेवा लिंदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरु मुक्त हुने छन् । किनभने विदेशी मुद्रामा भुक्तानी गर्नु पर्ने छैन । नेपाल सिपिङ लाइन्सको लक्ष्य गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानी रहेको छ ।

तीव्र विकासको मुलुकको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रभु ग्रुपले अन्तर्राष्ट्रिय ढुवानी सेवा शुरु गरेको हो । जसमा कन्टेनर लाइनर, सिपिङ सेवा लगायत पर्छन् ।

मुलुकको आवश्यक्ता परिपूर्ति गर्दै व्यवसायीहरुलाई नेपालकै व्यापारिक घरानाले शुरु गरेको सेवाबाट प्रत्यक्ष लाभ लिनका साथै सिपिङ लाइन र ढुवानी व्यवसायमा स्थानीय सक्रियतामा सहभागी हुन पनि प्रभु ग्रुपले आग्रह गरेको छ ।

भूपरिवेष्ठित मुलुक हुनका बाबजुद नजिकको समुद्रबाट ढुवानी सेवा उपभोग गर्न पाउने अन्तर्राष्ट्रिय अधिकारको सम्पूर्ण रुपमा उपभोग गर्दै सुदूरपूर्व, दक्षिणपूर्वी एशिया, बंगालको खाडी हुँदै भारतीय उपमहाद्विप र खाडीमुलुक र त्यसभन्दा पर पनि सेवा विस्तार गर्ने लक्ष्य नेपाल सिपिङ लाइन्सले लिएको छ ।

भविष्यमा भारतको बन्दरगाहबाट नेपालमा पानी जहाजबाट सामान ढुवानी गर्न आवश्यक गृहकार्य भइरहेको उसको भनाइ छ ।

अध्ययनबाट शुरुमा ५० देखि ८० कन्टनेको ढुवानी नेपाली झण्डा अङ्कित पानी जहाजबाट गर्न सक्ने सम्भावना रहेको र नेपालबाट विदेशमा निर्यात गर्नका लागि जुनसुकै समयमा कन्टेनर उपलब्ध हुने हुँदा निर्यातकर्तालाई थप सजिलो र सरल हुने ग्रुपको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  २ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०