सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा « Khabarhub

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् ।

शैषिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावलीमा उल्लेख केही प्रावधानले शैक्षिक परामर्श व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलन अन्तर्गत बिहीबार कालो पट्टी बाँधेर नियमित काम गर्ने र साउन १ गते बिहान ११ बजेदेखि देखि साढे ११ बजेसम्म काठमाडौँका विभिन्न स्थानहरूमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध प्रदर्शन गरिने संघर्ष समितिका संयोजक दीपक गुरुङले जानकारी दिए ।

सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाए अनिश्चितकालीन आन्दोलनमा जाने उनले बताए । उनले नियमावलीमा अनुमति पत्रको नवीकरण वर्षैपिच्छे गर्नुपर्ने व्यवस्था रहेकोमा आपत्ति जनाउँदै यसलाई खारेज गरी कम्तीमा ५ वर्षको बनाउनुपर्ने माग गरे ।

शैक्षिक मेला वा सेमिनार गर्न मन्त्रालयबाट स्वीकृति लिनुपर्ने र कार्यालय परिसरभित्र गरिने कार्यक्रमका लागि समेत अनुमति लिनुपर्ने व्यवस्था अव्यवहारिक रहेको उनको भनाइ छ ।  

संघर्ष समितिले आन्तरिक राजस्व कार्यालयमा कर चुक्ता प्रमाणपत्र बुझाइसकेपछि पुनः दोहोरो विवरण पेस गर्नुपर्ने व्यवस्था खारेज हुनुपर्ने समेत माग गरेको छ । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : ०० बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि