एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता  « Khabarhub

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, वन तथा घाँसे आगलागीलगायत घटनाबाट १३ जना घाइते भएका छन्। घटनामा परेका ३६५ जनाको उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ ।

सबैभन्दा धेरै ३० वटा पहिरोका घटना भएका छन् । पहिरोबाट एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । यस्तै, ११ वटा बाढीका घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

समीक्षा अवधिमा ११ वटा सर्पदंशका घटना, आठ वटा वन तथा घाँसे आगलागी, पाँच वटा आगलागी, चार वटा जनावर आक्रमण तथा दुई वटा हावाहुरीका घटना पनि दर्ता भएका छन् ।

विपद्का घटनाबाट करिब १६ लाख ३५ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ। यद्यपि सडक अवरोधको कुनै घटना नभएको उल्लेख गरिएको छ ।

प्राधिकरणले निरन्तर वर्षासँगै बाढी र पहिरोका घटना बढिरहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : १३ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी