अमेरिका पुर्‍याउने भनेर हिँडाइएका ५ नेपाली युवा ९ महिनादेखि इन्डोनेसियामा अलपत्र « Khabarhub

अमेरिका पुर्‍याउने भनेर हिँडाइएका ५ नेपाली युवा ९ महिनादेखि इन्डोनेसियामा अलपत्र


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपाली युवा रोजगारीका लागि युरोपका देश, क्यानडा र अमेरिका जाने मोह बढ्दो छ ।  समुन्द्रीसँगै स्थलमार्ग हुँदै अमेरिका जान खोज्दा धेरै युवा विभिन्न देशमा अलपत्र पर्ने र ठगीने गरेका छन् ।

रोजगारीका लागि भनेर तस्करहरुमार्फत अमेरिका हिँडेका ५ जना युवा विगत ९  महिनादेखि युवा इन्डोनेसियामा अलपत्र परेका छन् ।

दलालको सम्पर्कका आधारमा अमेरिका जान भनेर हिँडेका ५ जना नेपाली युवा इन्डाेनेसियामा अलपत्र परेको सूचना प्राप्त भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

हाल उनीहरु इन्डोनेसिया अध्यागमन प्रहरीको हिरासतमा रहेका ब्यूरोले जनाएको छ ।

ब्युरोले अलपत्र परेका युवाहरुको नाम भने सार्वजनिक गरेको छैन । उनीहरु सन् २०१९ को जनवरी महिनामा अमेरिका जाने भन्दै नेपालबाट हिँडेका जनाइएको छ । तर, विगत ९ महिनादेखि उनीहरु इन्डोनेसियामै अलपत्र अवस्थामा छन् ।

मानव तस्करहरुले अमेरिका लैजाने भन्दै ती ५ जनासँग प्रतिव्यक्ति १५ देखि २० लाख नेपाल रुपैयाँ लिएर इन्डोनेसिया पुर्‍याएर अलपत्र पारेको प्रहरीले जनाएको छ ।

मानव तस्करले इन्डोनेसिया पुराएका ५ जनाले आफूहरुको भिसा अवधि सकिएपछि अध्यागमन प्रहरीमा अत्मसमर्पण गरेका थिए । अध्यागमन प्रहरीले हाल उनीहरुलाई चरम यातना दिएको भन्दै उद्धारका लागि नेपाल प्रहरीसँग अनुराेध गर्ने गरेका छन् ।

इन्डोनेसियामा बन्दक बनाइएका उनीहरुले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपरेको खबर उद्धारका लागि पहल गरिरहेको ब्यूरोका डिएसपी नरहरि रेग्मीले बताए बताए ।

इन्डोनेसियाको अध्यागमन प्रहरीले उनीहरुलाई चरम यातना दिइरहेको खबर उनीहरुले सामाजिक सञ्जालमार्फत बारम्बार जानकारी गराइरहेको डिएसपीले रेग्मीले जानकारी दिए ।

नेपालबाट मानव तस्करीले उनीहरुलाई फरक–फरक समयमा इन्डोनेसियामा पुर्‍याएको ब्यूरोले जनाएको छ । उनीहरुजस्तै अन्य नेपाली रोजगारीका लागि तस्करमार्फत तेस्रो देश हिँडेर अलपत्र पर्ने गरेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ४ : ०५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग