जग्गाको नक्सा बनाउन घुस दिने र घुस लिने दुवै जना पक्राउ | Khabarhub Khabarhub

जग्गाको नक्सा बनाउन घुस दिने र घुस लिने दुवै जना पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका–७ साँखुस्थित नापी कार्यालयका अमिन ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाएवापत लिएको ४ हजार घुससहित अमिन सुशील बुढाथोकी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले बुढाथोकीलाई घुस दिने जग्गाधनी कार्कीलाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ४ : १४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०