सीमा सुरक्षाका विषयमा सरकारले ठोस कदम नचाल्नु चिन्ताको विषयः महामन्त्री लिङदेन « Khabarhub

सीमा सुरक्षाका विषयमा सरकारले ठोस कदम नचाल्नु चिन्ताको विषयः महामन्त्री लिङदेन


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- राप्रपा महामन्त्री एवं प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनले सरकारले सीमा सुरक्षाका लागि ठोस कदम नचाल्नुले राष्ट्रियता कमजोर हुँदै गएको बताएका छन् ।

उनले नेपालको सीमाना भारतले मात्र नभइ अर्को छिमेकी मुलुक चीनले समेत पूर्वी नेपालका उत्तरी भागहरुमा मिचेको बताउँदै सरकारले ठोस कदम नचाल्नु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् ।

राप्रपा लमजुङद्वारा सुन्दर बजार नगरपालिकाको परेवाडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री लिङ्देनले देशको विकास, समृद्धि र समुन्नतिको बाधक राजा र राजसंस्था भनियो तर आज राजालाई पाखा लगाइएको १३ वर्षमा देशले के पायो ? भन्दै प्रतिप्रश्न गरेका थिए ।

उनले अब जनताले हिसाब माग्नुपर्ने बेला आएको बताए । निर्वाचन भएको दुई वर्षको अवधिमा कांग्रेस र कम्युनिस्टले जितेका अधिकांश ठाउँमै विकासले गति नलिएको आरोप लगाए ।

कार्यक्रममा राप्रपा गण्डकी प्रदेश अध्यक्ष हेमजङ गुरुङले एकपटक कांग्रेस वा कम्युनिस्टलाई मतदान गर्दैमा सधैं तिनैलाइ मतदान गर्न आवश्यक नरहेको बताएका छन् ।

असफल कम्युनिस्ट र कमजोर प्रतिपक्ष कांग्रेसका कारण देशको अवस्था झन् दयनीय बन्दै गएको र आम युवामा निराशा छाएको भन्दै उनले अब विकल्पको छनोट गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : ५३ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि