आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति | Khabarhub Khabarhub

आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भएको छ ।

आगलागीबाट बैठाको पसलमा रहेको ८६ हजार नगद, ल्यापटप एक थान, ग्यालेन्डर मेसिन एक थान, पङ्खा तीन थान, पलङ र केही कागजात जलेर नष्ट भएको हो ।

आगो के कति कारणले लागेको हो त्यो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै कौडेना गाउँपालिका–५ निवासी ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब ८० हजार बराबरको क्षति भएको छ । कुन्यूमा कसरी आगलागी भयो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसैबीच मंसिर १९ गते घर जलेर घरबारविहीन बनेका हरिवन नगरपालिका–१ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर नगरपालिका र स्थानीय सङ्घसंस्थाको सहयोगबाट निर्माण हुने भएको छ ।

हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले मंगलबार घरको शिलान्यास गरेका थिए । विद्युत चुहिएर आगलागी हँुदा घिसिङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

घर जलेपछि उनको परिवार सोही वडामा रहेको सन्तानेश्वर प्राथमिक विद्यालयमा बस्दै आएको छ । नगरपालिकाले घर बनाउन एक लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ३९ बजे

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने 

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि