तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने « Khabarhub

तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- कृषि विभागले सङ्घ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन सामग्री (उपकरण) व्यवस्थापनलाई आगामी वर्षदेखि थप सहज बनाउने भएको छ ।

विभागद्वारा धुलिखेलमा मंगलबार आयोजित दुईदिने ‘कृषि उत्पादन सामग्री व्यवस्थापन’सम्बन्धी सातै प्रदेशका सरोकारवालासँगको छलफलमा विभागका महानिर्देशक निरु दाहाल पाण्डेले कृषि सामग्री व्यवस्थापनमा संरचनागत चुनौती रहेको बताए ।

आउँदो नयाँ आर्थिक वर्षको शुरुआतसँगै सहज बनाइने उल्लेख गर्दै उनले भने, ‘देशको नयाँ संरचनापछि तीन तहमा कृषि सामग्री व्यवस्थापनमा चुनौती थपिएकाले सहज बनाउने प्रक्रियामा छौँ, आउँदो आर्थिक वर्षदेखि सहज हुन्छ ।’

महानिर्देशक पाण्डेका अनुसार सामग्री वितरण तथ्याङ्कका लागि प्रदेश नं १ ले सफ्टवेयर निर्माण गरिसकेको र प्रदेश नं २ निर्माणको चरणमा रहेको छ ।

कार्यक्रममा प्रदेश नं २ कृषि विकास निर्देशनालयका प्रमुख रत्नकुमार झाले सामग्री व्यवस्थापनमा समन्वय गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘सङ्घले व्यवस्थापन गरेको सामग्री वितरण प्रणालीमा प्रदेशले समन्वय गरी स्थानीय तहमा पुर्‍याउनेछौँ ।’

राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले कृषि सामग्री व्यवस्थापनमा तीनै तहले समन्वयात्मक भूमिका खेल्दा आम कृषकलाई सलरीकरण हुने बताए ।

कार्यक्रममा प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका प्रमुख सहदेव हुमागाईँले विषादी प्रयोगको वर्तमान अवस्था र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय विषयक प्रस्तुतिमा अनियमित विषादीको प्रयोगले वातावरण प्रदूषण भई मानव स्वास्थ्यमा भयावह अवस्था सिर्जना हुँदै गएको जानकारी दिए ।

उनले अनुगमनका क्रममा केही स्थानमा तरकारी राम्रो देखाउन विषदीमा चोपल्ने र विषादी झरेपछि तरकारी टिप्ने निर्धारित मितिअगावै बजारमा लैजाने गरेको पाइएको उल्लेख गरे ।

कार्यक्रममा नेपालमा कृषि नीति, कृषि उत्पादनको वर्तमान अवस्था, कृषि सामग्री व्यवस्थापनमा देखिएको चुनौती, फलफूल एवं तरकारी बिक्री–वितरणको अवस्था, निजी क्षेत्रद्वारा कृषि सामग्री तथा बीउ बिक्री–वितरणको अवस्था विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रममा सातै प्रदेशस्थित कृषि विकास निर्देशनालय, बीउबिजन समिति, औषधि व्यवस्थापन समिति, राष्ट्रिय कृषक समूह महासङ्घ तथा स्थानीय तहका कृषि प्रविधिक प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ४६ बजे

बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय