तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने « Khabarhub

तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- कृषि विभागले सङ्घ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन सामग्री (उपकरण) व्यवस्थापनलाई आगामी वर्षदेखि थप सहज बनाउने भएको छ ।

विभागद्वारा धुलिखेलमा मंगलबार आयोजित दुईदिने ‘कृषि उत्पादन सामग्री व्यवस्थापन’सम्बन्धी सातै प्रदेशका सरोकारवालासँगको छलफलमा विभागका महानिर्देशक निरु दाहाल पाण्डेले कृषि सामग्री व्यवस्थापनमा संरचनागत चुनौती रहेको बताए ।

आउँदो नयाँ आर्थिक वर्षको शुरुआतसँगै सहज बनाइने उल्लेख गर्दै उनले भने, ‘देशको नयाँ संरचनापछि तीन तहमा कृषि सामग्री व्यवस्थापनमा चुनौती थपिएकाले सहज बनाउने प्रक्रियामा छौँ, आउँदो आर्थिक वर्षदेखि सहज हुन्छ ।’

महानिर्देशक पाण्डेका अनुसार सामग्री वितरण तथ्याङ्कका लागि प्रदेश नं १ ले सफ्टवेयर निर्माण गरिसकेको र प्रदेश नं २ निर्माणको चरणमा रहेको छ ।

कार्यक्रममा प्रदेश नं २ कृषि विकास निर्देशनालयका प्रमुख रत्नकुमार झाले सामग्री व्यवस्थापनमा समन्वय गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘सङ्घले व्यवस्थापन गरेको सामग्री वितरण प्रणालीमा प्रदेशले समन्वय गरी स्थानीय तहमा पुर्‍याउनेछौँ ।’

राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले कृषि सामग्री व्यवस्थापनमा तीनै तहले समन्वयात्मक भूमिका खेल्दा आम कृषकलाई सलरीकरण हुने बताए ।

कार्यक्रममा प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका प्रमुख सहदेव हुमागाईँले विषादी प्रयोगको वर्तमान अवस्था र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय विषयक प्रस्तुतिमा अनियमित विषादीको प्रयोगले वातावरण प्रदूषण भई मानव स्वास्थ्यमा भयावह अवस्था सिर्जना हुँदै गएको जानकारी दिए ।

उनले अनुगमनका क्रममा केही स्थानमा तरकारी राम्रो देखाउन विषदीमा चोपल्ने र विषादी झरेपछि तरकारी टिप्ने निर्धारित मितिअगावै बजारमा लैजाने गरेको पाइएको उल्लेख गरे ।

कार्यक्रममा नेपालमा कृषि नीति, कृषि उत्पादनको वर्तमान अवस्था, कृषि सामग्री व्यवस्थापनमा देखिएको चुनौती, फलफूल एवं तरकारी बिक्री–वितरणको अवस्था, निजी क्षेत्रद्वारा कृषि सामग्री तथा बीउ बिक्री–वितरणको अवस्था विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रममा सातै प्रदेशस्थित कृषि विकास निर्देशनालय, बीउबिजन समिति, औषधि व्यवस्थापन समिति, राष्ट्रिय कृषक समूह महासङ्घ तथा स्थानीय तहका कृषि प्रविधिक प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ४६ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा