मृत्युअघि मानिसलाई यमराजले देखाउने ४ संकेत ! « Khabarhub

मृत्युअघि मानिसलाई यमराजले देखाउने ४ संकेत !


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सृष्टिको नियममा मानिस मात्र होइन स्वयम् भगवान पनि बाँधिएका छन् ।

भगवानले पनि सृष्टिका केही नियमलाई पालना गर्नु पर्ने हुन्छ । त्यसैले जबजब भगवानले मनुष्य अवतार धारण गरे उनीहरुले पनि शरीर त्याग गर्नुपर्याे । तसर्थ मानिसले पनि आफ्नो शरीर निश्चित अवधिपछि त्याग गर्नुपर्ने हुन्छ ।

शास्त्रमा उल्लेख भए अनुसार मानिसको अनुरोधमा यमराजले मृत्यु अघि ४ संकेत दिने वचन गरेका थिए । जसको पालन यमराज गर्दछन् । जसअनुसार कोहि मानिसलाई मृत्यु आउनु अघि शरीर त्याग गर्ने समय आएको यमराजले संकेत दिने गर्दछन् ।

धार्मिकशास्त्र अनुसार मानिसको आयु पूरा भएको र शरीर त्याग गर्ने समय आएको संकेत यमराजले यस प्रकारले दिने गरेका छन्-

१. पहिलो संकेत

अधिकांश मानिसको उमेर बढ्दै जाँदा कपाल सेता हुन थाल्दछ । मानिसको आयु सकिएको संकेत गर्ने यमराजको पहिलो संकेत भनेको मानिसको उमेर बढेसंगै उसको कपाल सेता हुदैं जानु हो । यसले मानिसलाई उमेर संगै आयु सकिन लागेको संकेत गर्दछ ।

२. दोश्रो संकेत

यमराजको दोश्रो संकेत भनेको उमेर बढ्दै जाँदा मानिसको दाँत समेत झर्न थाल्दछन् । यसले मानिसलाई आयु सकिँदै गएको संकेत गर्दछ । दाँत झरेसंगै मानिसको शरीरले मुक्तिको मार्ग खोज्न थालेको संकेत गर्दछ ।

३. तेश्रो संकेत

मानिसको आयु सकिएको तेश्रो संकेत भनेको मानिसको ज्ञानेन्द्रीय कमजोर हुदैँ जानु हो । शरीर बुढो भएपछि मानिसको हेर्ने, सुन्ने लगायतका क्षमता कम हुँदै जान्छन् । यस समय यमराजको संकेत रहन्छ अब सृष्टिको कुरा भन्दा पनि आत्म चिन्तन र मननमा ध्यान केन्द्रित गर ।

४. चौथो संकेत

यमराजको चौथो संकेत मानिसको उमेर बढेसँगै शरीर पहिले झै सिधा रहँदैन । अर्थात शरीर कुप्रो हुन (झुक्न) थाल्दछ । जसले मानिस आफ्नो शरीरको बोझ आफै थाम्न सक्दैन । यमराज यस अवस्थाबाट संकेत गर्दछन् कि अब शरीरलाई सहाराको आवश्यकता छ जो ब्रम्हलिन भएपछि मात्र सम्भव छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : २३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल