विद्यासुन्दरको सक्रियता–स्थानीयको समस्या बुझ्न वडावडामा पुगेर स्थलगत अनुगमन « Khabarhub

विद्यासुन्दरको सक्रियता–स्थानीयको समस्या बुझ्न वडावडामा पुगेर स्थलगत अनुगमन


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन सुरु गरेका छन् ।

यस अघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरेका शाक्यले मंगलवार वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन् ।

मेयर शाक्यले आफु निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको जानकारी दिए ।

‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।’ उनले यस्ता खाले अनुगमनलाई निरन्तरता दिने पनि बताए ।

मेयर शाक्यसहितको टोलीले महानगरपालिकाले दिएको ७ करोड बजेटमा निर्माण हुँदै गरेको मैजुबहाल चक्रपथ, चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, कुमारीगाललगायतका स्थानको अनुगमन गरेको थियो ।

लामो समयदेखि नगर विकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको अनुगमन गर्दा केही स्थानीयवासीले छिटो काम सम्पन्न गर्नुपर्ने भन्दै मेयर शाक्यसँग गुनासो गरेका थिए । केहीले घर अगाडि नै विजुलीका तारहरु अलपत्र पारेको, निर्माणकार्यमा ढिलासुस्ती गरेको जस्ता आक्रोस व्यक्त गरेका थिए ।

अनुगमनकै क्रममा भेटिनुभएका मैजु बहाल चक्रपथ सडक सुधार तथा ढल निर्माण अनुगमनसमितिका संयोजक समेत रहेका पूर्व डिआइजी रवीन्द्र पण्डितले मेयरसहितको टोली आफ्नो टोलमा अनुगमनका लागि आएकोमा खुशी व्यक्त गरे ।

‘पहिला यहाँको बाटो ६ मिटर भन्दा सानो थियो, अहिले यहाँका सडक विस्तार गर्ने क्रममा केही विग्रिएका छन् । अबको केही महिना भित्रमा यहाँका सबै सडक कालोपत्रे होलान भन्ने हामीले अपेक्षा गरेका छौँ,’ पण्डितले भने, ‘सडक वत्ती सार्नेलगायतका काममा सम्वन्धित निकायले त्यति ध्यान नदिदा थप समस्या भएको छ । आज मेयरज्युलगायतको टोलीले अनुगमन गरेपछि सम्वन्धित निकायको ध्यान जानेछ भन्नेमा हामी ढुक्क छौँ ।’

उनले महानगरपालिकाले ७ करोड बजेट दिने भएपछि आफूहरु उत्साहित भएर काममा लागेको भन्दै यस्ता खाले अनुगमन समय–समयमा गर्न आग्रह गरे ।

मेयर शाक्यले पनि स्थानीयका गुनासा सुन्दै छिटो–भन्दा छिटो काम सम्पन्न गर्ने गरी आफू अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले मैजु बहाल क्षेत्रकै लागि थप एक करोड बजेट छुट्याएको भन्दै विकास निर्माणका काममा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीयले विकास निर्माणका काममा भएका ढिलासुस्तीलगायतका बारेमा गरेका गुनासोलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै शाक्यले त्यसले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउने बताए ।

‘हामी अहिले काठमाडौँ महानगरपालिकाले गरेका काम र गरिरहेका दुबै कामको अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘भइसकेका काम भन्दा पनि भइरहेका र हुन बाँकी रहेका वा जनताले दुःख पाएका ठाउँको कामलाई छिटो सम्पन्न गर्नका लागि पनि हामीले स्थलगत अनुगमन गरेका हौँ । हामीले यहि बाटोका पोल सार्न विद्युत प्राधिकरणलाई ४३ लाख दिइसकेका छौँ । तर, त्यहाँबाट भएको ढिलासुस्ती र बाटो विस्तारका क्रममा देखिएका केही अवरोधले पनि थप समस्या भएको छ । तर, हामी यो वर्षको अन्त्यसम्ममा यहाँका सबै बाटो कालोपत्रे गरिसक्छौँ ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : ५३ बजे

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको