‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन « Khabarhub

‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि व्यवसायमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा २७ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ। विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बाली र केराखेतीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीले बताए ।

सो कार्यक्रम अन्तर्गत नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७, ८ लाई तरकारी खेती, वडा नं ४, ५ लाई केरा खेती र वडा नं ९ लाई च्याउखेतीका लागि छनोट गरिएको छ ।

स्थानीयवासीलाई गाउँमै रोजगारी दिन यो कार्यक्रम लागू गरिएको नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले बताए । उनले भने, ‘किसानले उत्पादन गरेका कृषि उत्पादनलाई भण्डारण गर्नका लागि शीतभण्डार निर्माणका लागि कार्य अगाडि बढाइएको छ । शीतभण्डारका लागि डिपिआर निर्माणको कार्य पूरा गरिएको छ ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १२ : ५७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना