जाडोमा मुटु रोगको जोखिम बढी : मदिरा पिएर शरीर तताउन नखोज्नुस् ! « Khabarhub

जाडोमा मुटु रोगको जोखिम बढी : मदिरा पिएर शरीर तताउन नखोज्नुस् !



काठमाडौं– धुलिखेलमा बस्दै आएका भुपाल श्रेष्ठलाई चिसो बढेसँगै मुटुको समस्याले सतायो ।

छाति दुख्ने समस्या देखिएपछि धुलिखेल अस्पतालमा पुगेका उनलाई धुलिखेल अस्पतालले गंगालाल अस्पतालमा रेफर गर्‍यो । उनी बाँसबारीको शहीद गंगालाल राष्ट्रिय हृयद केन्द्रमा उपचार गर्न पुगे । उनको सीसीयुमा राखेर उपचार शुरु गरियो ।

‘प्रेसरको समस्या थियो, धुलिखेलमा त अलि बढी नै चिसो छ, चिसोले पनि होला मुटुमा समस्या देखिएर यहाँ उपचार गराइरहेको छ,’ श्रेष्ठले खबरहबसँग भने, ‘प्रेसरको पनि समस्या भएर होला चिसोमा त मुटुलाई झनै असर पर्ने रहेछ ।’

गंगालाल अस्पतालकै आकस्मिक सेवा विभागमा थिए रामेछापका दुर्गाप्रसाद डंगोल । ९ वर्षअघिदेखि मुटुरोगको समस्यामा रहेका डंगोललाई चिसो लागेसँगै स्वासफेर्न नै गाह्रो भएपछि गंगालाल अस्पतालमा आकस्मिक कक्षमै रहनुपर्यो‍ ।

गंगालाल अस्पतालको आकस्मिक वार्डमा भेटिएका डंगोललाई पनि चिसोकै कारण पनि आफ्नो मुटुमा समस्या आएको हो कि भन्ने लाग्छ ।

‘मलाई त ९ वर्ष अघिदेखि स्वास फेर्न गाह्रो हुने समस्या छ, बेला–बेलामा यहाँ आइरहेको हुन्छु,’ औषधि नियमित खाइरहेको हुन्छु,’ डंगोलले खबरहबसँग भने, ‘चिसो लागेपछि त झनै गाह्रो भइहाल्ने रहेछ, अस्पतालमै आइपुग्न पर्यो‍ ।’

न्युरोडकी सुमी मानन्धर गंगालाल अस्पतालकै आकस्मिक कक्षको एउटा वेडमा आमा लक्ष्मी देवि मानन्धरलाई स्याहार गर्दै थिइन् ।
१० वर्षदेखि मुटुसम्बन्धि समस्या भोगिरहेकी लक्ष्मीलाई चिसो लागेपछि मुख सुन्निने र स्वास फेर्न गाह्रो हुने समस्या देखिन्छ ।

‘आमालाई मुटुको समस्या त पहिला देखि नै हो, तर चिसो लागेपछि शरीर पनि सुन्निन्छ, स्वास फेर्न गाह्रो भयो भन्नुहुन्छ,’ मानन्धरले भनिन्, ‘स्वास फर्ने गाह्रो भएर यहाँ ल्याएको, मुटुको बिरामीलाई गर्मिमा भन्दा पनि चिसोमा धेरै समस्या आउने रहेछ ।’

केन्द्रिय अस्पतालको रुपमा रहेको गंगालाल अस्पतालमा सधै नै मुटुसम्बन्धी बिरामीको चाप हुने गर्छ । अस्पतालले चिसोकै कारण मुटुरोगका बिरामी बढेको भन्ने कारणगत तथ्यांक नराखेपछि औसतमा चिसोको समयमा मुटुरोगीको चाप बढी हुने अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर युवराज लिम्बुले बताए ।

‘नेपालमा कुनै विषेश अनुसन्धान गरिएको छैन, तर गर्मीको तुलनामा जाडोमा बढी बिरामी हुन्छन्, गर्मीमा भन्दा जाडोमा मुटुका बिरामी ५० प्रतिशत बढी हुन्छन् भनिन्छ,’ डा लिम्बुले भने, ‘केन्द्रको अस्पताल भएकाले बिरामीको चाप त सधै नै हुन्छ ।’

चिसोमा किन हुन्छ हार्ट अट्याकको जोखिम ?

गंगालाल अस्पतालका मुटु रोग विशेषज्ञ डा लिम्बुका अनुसार जाडोमा हार्ट अट्याकको जोखिम बढी हुन्छ ।

‘चिसोले गर्दा हाम्रो शरीरको रक्तनली खुम्चने गर्छ, जसले गर्दा शरीरका महत्वपूर्ण अंगमा रक्त सञ्चार राम्रोसँग हुन सक्दैन,’ डा लिम्बुले भने, ‘चिसोको समयमा मुटुलाई बढी भार पर्छ, मुटुलाई कामको लोड बढी भइरहेको समयमा कोरनरी अर्टिज खुम्चिने गर्छ, रगतको नशा खुम्चिदा रक्त चाप बढेर हार्ट अट्याक हुन्छ ।’

चिसोमा कसरी बच्ने मुटुरोगबाट ?

डा लिम्बुका अनुसार चिसोको समयमा शरीरलाई न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो राख्दा रक्तसञ्चार प्रवाहमा असर पर्दैन । त्यसैले चिसोको समययमा न्यायो कपडा लगाएर न्यायो वातावरणमा बस्नुपर्छ ।

‘चिसोको समयमा बढी एक्सपोज भएर हिँड्ने मानिसलाई मुटुरोगको समस्या बढी देखिन सक्छ,’ डा लिम्बुले भने, ‘त्यसैले न्यायो कपडा लगाएर हिँड्ने, तातो खानेकुरा खाने, आफूलाई सक्रिय राख्ने गर्नुपछ ।’

जाडो भगाउने नाममा मदिरा सेवन गरेर चिसो वातावरणमा बस्दा झनै मुटुलाई समस्या हुने डा लिम्बु बताउँछन् ।

‘चिसोमा न्यायो हुन्छ भन्दै धेरैले अल्कोहल पिउँछन्, अल्कोहलले शरीरमा हिट पैदा भएको भन्दै न्यायो फिल गर्छन्र न्यायो कपडा लगाउँदैनन् । तर वास्तवमा शरीरलाई चिसो भइरहेको हुन्छ,’ डा लिम्बुले भने, ‘अझै कतिले त अल्कोहल पिउँदा न्यायो महशुस गरेर लगाएको कपडा पनि खोल्छन्, त्यसले गर्दा हार्टअट्याक हुने सम्भावना बढाउँछ । त्यसैले चिसोमा अल्कोहल पीएर न्यायो भइँदैन, न्यायो कपडा नै लगाउनु पर्छ ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ३ : २९ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई