संसारले दुःख भोग्नुको कारण: खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता « Khabarhub

संसारले दुःख भोग्नुको कारण: खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए । जसले पछिल्लो फ्रान्सेली क्रान्तिको समयमा ख्याति कमाए । उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरे ।

उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्स को सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए।

यी हुन् बोनापार्टका चर्चित भनाइहरु :
१. तिमी मलाई एउटी आमा देऊ, म तिमीलाई असल राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो ।
३. असम्भ भन्ने कुरा मुर्खहरुको शब्दकोषमा मात्र भेटिन्छ ।
४. अवसरबिना क्षमता केही होइन ।
५. एउटा साचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
६. कल्पनाले नै संसारमाथि शासन गर्दछ ।
७. कुनै पनि कार्य सुसम्पन्न होस भन्ने चाहन्छौं भने त्यो कार्य तिमी स्वयम गर ।
८. गरिब नै रहने पक्का उपाय हो इमान्छदार हुनु ।
९. एकजनाले गर्न सक्न्े सबै कुरा मानव बन्नु हो एकजनाले इच्छाएको जति गर्नु ईश्वर बन्नु हो ।
१०. सोच्नमा समय लगाउ जब काम गर्ने समय आउँछ तब सोच्न बन्द गर र अगाडी बढ ।
११. एउटा लिडर आशाको सम्बाहक पनि हो ।
१२. इतिहास सबैले पत्याइदिएको झुट हो ।
१३. एकै शत्रुसँग बारम्बार लडाइ गर्नु हुदैन अन्यथा तिमीले उसलाई आफ्नो सम्पुर्ण युद्धका कलाहरु सिकाउन पुग्नेछौं ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ४ : ३५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का