ट्राफिक नियम नमान्ने सवारी चालकलाई ५ हजार जरिवाना गर्ने तयारी « Khabarhub

ट्राफिक नियम नमान्ने सवारी चालकलाई ५ हजार जरिवाना गर्ने तयारी


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव अघि सारेको छ ।

विभागले तयार गर्दै गरेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा सो व्यवस्था गर्न लागिएको हो । जरिबाना अत्यन्त कम भएकाले नियम उल्लंघन गर्नेको संख्या बढेको भन्दै शुल्क बढाउन लागिएको विभागले जनाएको छ ।

हाल, ट्राफिक नियम विपरीत कार्य गरेकालाई न्यूनतम ५ सय देखि २ हजारसम्म जरिबाना गर्दै आएकामा अब जुनसुकै कारबाहीमा समान पाँच हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गर्न लागिएको हो ।

विभागले सात वटै प्रदेशका मन्त्रालय सचिव र विभागीय मन्त्रीहरुसँगको छलफलपछि ऐनको ड्राफ्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने भएको छ ।

त्यस विषयमाथि पुस १३ र १४ गते काठमाण्डौमा छलफल गरिने भएको छ । प्रस्तावित ऐन संसदले अनुमोदन गरेपछि मात्र लागू हुनेछ ।

नियम कार्यान्वयनमा आएको खण्डमा लेनक्रस, ओभर स्पीड, दायाँ बायाँ गरी चलाउनेलगायतका सामान्य कसुरमा पनि पाँच हजार जरिबाना लाग्नेछ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ५ : २५ बजे

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा