अमेरिकी अधिकारी भन्छन्-प्रचण्डलाई हेर्ने नीति फेरिएको छैन « Khabarhub

अमेरिकी अधिकारी भन्छन्-प्रचण्डलाई हेर्ने नीति फेरिएको छैन




काठमाडौं- पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाबीचको सम्बन्धको विषय अहिले चर्चामा छ । नेपाल र अमेरिका दुवैका लागि यो ‘हट केक’को विषय बनेको छ । त्यसमा पनि तत्कालीन नेकपा माओवादीलाई अमेरिकाले गरेको ‘आतंवादी’को घोषणा र नेकपा माओवादीको अध्यक्ष हुँदा र पछिल्लो समय प्रचण्डले दिएका अभिव्यक्तिको विषयलाई लिएर अमेरिकी उच्च अधिकारीहरु पनि अमेरिका-प्रचण्ड सम्बन्धका बारेमा बोल्न थालेका छन् ।

अमेरिका र प्रचण्डकै सम्बन्धका विषयमा अमेरिकी विदेश मन्त्रालयका पूर्व उच्च अधिकारी जेसन एम ब्लाजिक्सले खबरहबसँग विशेष कुराकानी गरेका छन् । उनले सन् २०१२ मा तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई आतंकवादी सूचीबाट हटाएका थिए । तर, अहिले प्रचण्डबारे अमेरिकी नीतिमा तत्काल परिवर्तन नआउने ब्लाजिक्सले बताए ।

उनले प्रचण्डको भावी गतिविधिबाट अमेरिकाले प्रचण्डलाई हेर्ने नयाँ नीति बनाउन सक्ने बताए । ‘प्रचण्डलाई अमेरिकाले हेर्ने नीतिमा कुनै परिवर्तन आएको छैन् । तत्काल आउँछ जस्तो पनि मलाई लाग्दैन,’ब्लाजिक्सले भने, ‘उनका गतिविधिमा सुधार आए नयाँ नीति अख्तियार गर्ने सम्भावना छ ।’

माओवादीले लडाकु, हतियार र हिंसाको राजनीति छाडी लोकतान्त्रिक प्रक्रियामा रहेको र अमेरिकासँग साझेदारी गर्न खोजेको थियो। हिंसा छाडी लोकतान्त्रिक प्रक्रियामा विश्वास गरेको ठहरपछि सूचीबाट हटाइएको थियो

१० वर्ष (सन् २००८ देखि २०१८) सम्म अमेरिकी विदेशमन्त्रालयको प्रतिआतंकवाद व्यूरो अन्तर्गत प्रतिआतंकवाद सम्बन्धी वित्तीय तथा आतंकवादी सूचीकरण कार्यालयका निर्देशक रहेका ब्लाजिक्सस भन्छन्-‘अमेरिकी हीतविरुद्ध हिंसात्मक गतिविधी गर्नेलाई मात्र अमेरिकाले आतंकवादीको सूचीमा राख्ने गरेको छ । कुनै समूह अमेरिकी हीतविरुद्ध सक्रिय रुपमा आतंकवादी गतिविधिमा संलग्न नभएमा त्यस समूहलाई फेरि आतंकवादीको सूचीमा राख्ने गरिएको छैन । र, त्यो अनुसार हेरिँदैन पनि ।’

ब्लाजिक्सको जिम्मेवारी अन्तर्गत निश्चित मुलुक, संगठन वा व्यक्तिलाई आतंकवादलाई प्रायोजन गर्ने मुलुक, विश्वव्यापी आतंकवादी संगठन तथा विशेष रुपमा आतंकवादीको सूचीमा सूचिकृत गर्ने र हटाउनु रहेको थियो। उनकै निर्णयपछि अमेरिकाले माओवादीलाई आतंकवादीको सूचीबाट हटाइएको थियो।

आतंकवादका विशेषज्ञ तथा आतंकवादी संगठनहरुको रकम र प्रचारमा पहुँच नपुगोस् भन्ने रणनीतिक योजना बनाउने तहमा रहेका जेसन भन्छन्-‘अमेरिकी विदेशमन्त्रालयले राजनीतिक सुधार थालेकाले तत्कालीन नेकपा माओवादीलाई कार्यकारी आदेश नम्बर १३२२४ अनुसार आतंकवादीको सूचीबाट हटाइएको हो।’

आतंकवादी सूचीबाट हटाउनुअघि अमेरिकाले नेपालको समग्र परिस्थितिको मूल्यांकन गरेको भन्दै उनले भने, ‘माओवादीले लडाकु, हतियार र हिंसाको राजनीति छाडी लोकतान्त्रिक प्रक्रियामा रहेको र अमेरिकासँग साझेदारी गर्न खोजेको थियो। हिंसा छाडी लोकतान्त्रिक प्रक्रियामा विश्वास गरेको ठहरपछि सूचीबाट हटाइएको हो ।’

हिंसा छाडी राजनीतिक मुलधारमा आएको तत्कालीन माओवादी अब अमेरिकाको आतंकवादी समूहका रुपमा छैन नेपालको राजनीतिक परिस्थितिमा धेरै सुधार बदलाब आइसकेको छ। सम्बन्ध सुधार्न चाहँदा कुनै बाधा व्यवधान देखिँदैन

हाल ‘मिडलबेरी इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिज एट मोन्टेरी’ अमेरिकाको प्राध्यापक रहेका उनले माओवादीलाई आतंकवादीको सूचीबाट हटाउने समयमा ‘माओवादी प्रत्यक्ष रुपमा संलग्न रहेको कुनै हिंसात्मक घटना नभएको’आधारलाई मध्यनजर गरिएको जनाए ।

‘माओवादीलाई आतंकवादीको सूचीबाट हटाउने निर्णयलाई अमेरिकाले उसको आतंकवादी गतिविधीमा संलग्न रहेको विगतलाई स्वीकार गरेको रुपमा लिन मिल्दैन ।’ उनले भने, ‘माओवादीलाई वैधानिक राजनीतिक प्रक्रियामा आउन प्रोत्साहन गर्नका लागि आतंकवादी सूचीबाट हटाइएको थियो । आज नेपालमा प्रचण्ड नेतृत्वको पार्टीले लोकतान्त्रिक प्रक्रियालाई मानिरहेको छ, जुन सुखद हो ।’

अमेरिकाको भू-राजनीतिक जोखिम विश्लेषणसम्बन्धी ‘रिप्टाइड थ्रेट मिटिगेसन ग्रुप’का अध्यक्षसमेत रहेका उनले प्रचण्डको पछिल्लो अमेरिका भ्रमणबारे टिप्पणी गर्दै भने- ‘अमेरिकी कानून अनुसार भएको भ्रमणमा कुनै समस्या छैन । अन्य विषयमा टिप्पणी गर्नु बाञ्छनीय रहँदैन।’

यसअघि विदेश मन्त्रालयको राजनीतिक-सैनिक मामिला, लागूऔषध तथा कानून कार्यान्वयन मामिला, गुप्तचरी तथा अध्ययन व्यूरोहरु र अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा पनि उच्च कुटनीतिज्ञको भूमिकामा काम गरिसकेका उनले नेपाल-अमेरिकाको सम्बन्धमा सुधार आएको बताए ।

उनले भने, ‘हिंसा छाडी राजनीतिक मुलधारमा आएको तत्कालीन माओवादी अब अमेरिकाको आतंकवादी समूहका रुपमा छैन नेपालको राजनीतिक परिस्थितिमा धेरै सुधार बदलाब आइसकेको छ। सम्बन्ध सुधार्न चाहँदा कुनै बाधा व्यवधान देखिँदैन ।’

यो पनि पढ्नुहोस्

एफबीआईका पूर्व अधिकारीसँग खबरहबको विशेष संवाद– प्रचण्डलाई अब फरक व्यवहार गर्नुपर्दैन

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर !

अमेरिका–प्रचण्ड सम्बन्ध: उतारचढावका भित्री पाटा

पत्नीको उपचारका लागि अमेरिका उडे प्रचण्ड (भिडियो सहित)

मुस्ताङमा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास

८ वर्षपछि उच्च अमेरिकी अधिकारी नेपालमा

कुटनीतिक परिपक्वता देखाऊ

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ९ : ५४ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण