होलीका दिन छुरा हानेर हत्या गर्ने ४ जना पक्राउ | Khabarhub Khabarhub

होलीका दिन छुरा हानेर हत्या गर्ने ४ जना पक्राउ


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगैँचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने ४ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

उनीहरुले व्यक्तिगत रिसिइबीका कारण तामाङको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । पक्राउ गरेकालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : ४८ बजे

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)

इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक

गाजा– गाजामाथि इजरायलले गरेको आक्रमणमा मारिनेको संख्या १६ हजार नजिक

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले जित निकालेको छ ।

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

सिरहा– चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी