छाउपडी हटाउन विशेष अभियान : सचेतनादेखि प्याड वितरणसम्म « Khabarhub

छाउपडी हटाउन विशेष अभियान : सचेतनादेखि प्याड वितरणसम्म


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं. ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यसका लागि वडाका प्रत्येक टोलमा आज (सोमबार)स्थलगत अनुगमन गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिए । सो वडास्थित चौराटा हुँदै रतुडासम्म स्थलगत अनुगमन गर्दा कुनै पनि टोलमा छाउपडी गोठ नभेटिएकाले वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने उनले बताए।

अनुगमनका क्रममा कुनै पनि टोलमा छाउ गोठ नभेटिएकाले उक्त वडालाई छाउपडी गोठमुक्त घोषणा गर्न हुने गरी प्रतिवेदन पेश हुन लागेको अनुगमन टोलीका सदस्य सहास नेपालका कार्यक्रम अधिकृत रामबहादुर खत्रीले जानकारी दिए।

समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वास मानिँदै आएको छाउप्रथालाई हटाउन नगरपालिकाले विशेष अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाका उपप्रमुख कविता विष्टले जानकारी दिए।

अभियानअन्तर्गत प्रत्येक वडामा रहेका धाँमी, झाँक्री, पुरोहित र पुजारीलाई छाउप्रथाका कारण उत्पन्न समस्या र चुनौतीको न्यूनीकरणका लागि प्रशिक्षण तथा तालीम दिइएको उनले बताए । छाउ भएका बेलामा गोठमा सुताउने, दही, दूध खान नदिने कार्य गलत भएको उपप्रमुख विष्टको भनाइ छ । उनले छाउ गोठमा एक्लै सुत्दा सर्पको टोकाइबाट मृत्यु र बलात्कारको सिकार हुन सक्ने भएकाले नगरपालिकाले गोठको अन्त्य गर्दै छाउ भएका बेला घरभित्र सुताउनुपर्ने बताए ।

समाजमा रहेका धाँमी, झाँक्री र पुरोहितले छाउपडी प्रथालाई कायम राख्न सहयोगीको भूमिका निर्वाह गर्ने हुँदा यो प्रथाको अन्त्यका लागि उनीहरुलाई सचेतनामूलक विशेष तालीमको व्यवस्था गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टराईले बताए ।

उनले छाउ हुनु प्राकृतिक नियम भएकाले छाउ भएका महिलालाई गोठमा बसाउने कार्य गलत भएको बताउँदै कुसंस्कार, रुढीवादी र अन्धविश्वास कारण समाजमा यो प्रथा कायमै रहेको बताए । धाँमी, झाँक्री, पुजारी र पुरोहितले प्रभावकारी भूमिका निर्वाह गर्न सके छाउपडी प्रथा उन्मूलन हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।

छाउ भएका महिलालाई दूध, दही मोही र पोषिला खानेकुराबाट वञ्चित हुनुपरेको महिला अधिकारकर्मी सीता विकले बताइन । सुदूपश्चिम प्रदेशमा छाउपडी प्रथा कायमै छ । छाउपडी गोठमा बस्दा कतिपय महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ । समाजमा कु–प्रथाका रुपमा कायम रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सेनेटरी प्याड वितरण

छाउ भएका बेलामा विद्यालयमा छात्राको सहभागिता न्यून हुन नदिन र नियमित विद्यालय आउने वातावरणका लागि आज सेनेटरी प्याड वितरण गरिएको छ ।

बडीमालिका नगरपालिका–३ रजालीमा रहेको चोयाकोट माध्यमिक विद्यालयका कक्षा ६, ७ र ८ का १५० भन्दाबढी छात्रालाई सो प्याड वितरण गरिएको कन्सर्न बाजुराका संस्थापक अध्यक्ष गणेशबहादुर थापाले बताए । छाउ भएका बेलामा विद्यालय नआउने र पढाइमा समेत बाधा हुने भएकाले उक्त प्याड वितरण गरिएको थापाको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा छाउपडीप्रथा व्याप्त रहेको र छाउ भएका बेलामा किताब छुन नहुने र विद्यालयमा जान नहुने मान्यता अन्त्य गर्दै सहजरुपमा छात्रालाई विद्यालयमा नियमित सहभागिता गराउने उद्देश्यले उक्त प्याड दिइएको संस्थापक अध्यक्ष थापाले बताए।

विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने सामाजिक अगुवा जनक बोहराले बताए । जिल्लाका अधिकांश विद्यालयमा छाउ भएका बेला छात्रा एक सातासम्म विद्यालय नजाने गरेका छन् । छाउ भएका बेला विद्यालय जाँदा देउवा रिसाउने र ज्ञान नष्ट हुने मानसिकता नहट्दा छाउ भएका छात्राको विद्यालय जान नमान्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  २ : १८ बजे

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक