नेपालको कुटनीति : चीन गयो टाउको हल्लायो, अमेरिका गयो कन्यायो– दीपकुमार उपाध्याय | Khabarhub Khabarhub

नेपालको कुटनीति : चीन गयो टाउको हल्लायो, अमेरिका गयो कन्यायो– दीपकुमार उपाध्याय


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतका लागि पूर्व नेपाली राजदूतसमेत रहेका नेपाली कांग्रेसका नेता हुन् –दीपकुमार उपाध्याय । केही वर्ष अघिसम्म कांग्रेसका प्रभावशाली नेताका रुपमा रहेका उपाध्याय अहिले फ्रन्टलाइन’ राजनीतिमा छैनन् । राष्ट्रिय राजनीति, परराष्ट्र लगायत कांग्रेसमा उठिरहेको पछिल्लो बहस र राजनीतिक घटनाक्रमबारे  खबरहबले कुराकानी गरेको छ । प्रश्तुत छ पूर्व राजदूतसमेत रहेका कांग्रेस नेता उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंश,

पछिल्ला केही दिन यता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बोलेको धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहले चर्चा पायो यसलाई कसरी हेर्नुभएको छ ?

आध्यात्मिक चेतनाले मात्र होइन वस्तुवादी चेतानाको हिसाबमा भन्दा पनि पनि यो कटु सत्य हो । संविधान निर्माण गर्दा अलिकति हतारो गरेकै हो । समानुपातिक निर्वाचन प्रणाली अपनाएपछि एकल बहुमत पनि हुँदैन भन्ने राजनीतिक पण्डित र विदेशी समूदायको आकलन थियो । सधैको लागि अशान्तिको विजारोपण भयो भनिएको थियो । तर अहिले तीन तहका निर्वाचन गरेपछि सबैको आकल विपरितको परिणाम आयो । पहिलो परिणाम त्रिशंकु संसद नै थियो र दुई पार्टी मिलेपछि एकल बहुमत बन्यो । अब पाँच वर्षलाई यदी त्यो पार्टीमा दरार नआए समस्या छैन ?

यदि भन्नु भयो नि !

समाजको रिफ्लेक्सन पार्टीहरु हुन् । हामी कांग्रेसका मान्छेले विगतमा नराम्रो पाठ सिकेका छौं । हामीले पहिला पाँच वर्ष सरकार दिन सकेनौं । एकल बहुमतलाई हामीले उपयोग गर्न सकेनौं ।

हतारमा संविधान जारी गर्दा धेरै त्यो बेलको पात्रले भन्नु गर्नुभएको छ नि ! कसरी निरपेक्षता आयो हामीले पनि थाहा पाएनौं, जस्केलाबाट छिर्यो कि ? टाइप गर्दागर्दै अझ टिपेक्स लगाएर आयो भन्नेसम्मको कुरा आयो । मानिसको दायित्व र कर्तव्य पनि हो, सत्य वोध जहिले हुन्छ, आफ्ना कमी कमजोरी जहिले महशुस गर्न सक्नु र त्यसलाई सुध्रने मनस्थिति बनाउनु ।

त्यसको असाधारण क्षमता अहिले डा शशांक कोइरालाले देखाउनु भएको छ । उहाँ सायद विपीको छोरा भएर पनि होला पारिवारिक लिगेशीलाई उहाँले राख्नु भएको । त्यस्तै संविधानको प्रतिकुल बोल्ने कस्तो महामन्त्री भन्ने आवज पनि उठेको छ । तर पार्टीले आधिकारीक निर्णय नगरेसम्म त पार्टीको धारणा भएन, सभापति जिले प्रतिवाद गर्नुभयो । गिरिजाबाबुले आफ्नै सक्रियतामा बनाएको संविधान उहाँकै परिवारका सदस्यले कसरी अन्यथा बोल्ने भन्दै भन्नु पनि भयो ।

म चाहिँ के ठान्छु भने यदी सत्य हो भने त्यसलाई सेफल्याण्डिङका बारेमा सोच्नुपर्छ । कांग्रेसको फ्रन्टलाइन राजनीतिमा म छैन तर कम्युनिस्टका र कांग्रेसकै पुराना र वरिष्ठ साथीहरुले मसँगको कुराकानीमा धर्मका बारेमा हामीबाट अलिकति हतारो भएछ भनेर भन्नु भएको छ । अलि क्रेडिबल नेतृत्व आउँछ भने त हामीले पनि सोच्छौं भन्नुहुन्छ । त्यो हिसावले डा. शशांखको यो मतलाई म स्वागत गर्छु । जनताको मनलाई छुने कुरा हो यो । कहिले मधेस र पहाड भनेर कहिले हिन्दू र मुस्लिमको बीचमा द्वन्द्वको खेती गर्ने पनि छन् । यी सबैलाई समेट्ने चाहिँ वैदिक सनातन संस्कार संस्कृति नै हो ।

विश्वमा आफ्नो विशिष्ट पहिचान गुमाएको छ यो परिस्थितिमा । अलिकति रिभाइभ गर्नका लागि विचार मन्थन गर्नु अस्वभाविक होइन । त्यो भनेर फेरि आजै हामी एकैचोटी परिवर्तन गरौं भन्ने होइन । तर कार्यकर्तामा महासमिति बैठकहरुमा , महाधिवेशनमा पनि यो कुरा उठ्छन् ।
सत्यको उद्वोदन तर्फ वा सत्यको महशुस गर्ने कुरामा यसलाई सकारात्मक रुपमा नै लिनु पर्छ । निरपेक्षता भन्ने शब्द नै नकारात्मक छ ।

संघीयता र गणतन्त्रबारे पनि बेलाबेलामा महामन्त्रीको अभिव्यक्ति आउने गरेको छ त्यसलाई कसरी हेने ?

त्यो चाहिँ उहाँले पुरक रुपमा भन्नु भएको होला । जनता नै अन्तिम शक्ति हो भनेर भन्नु भएको होला ।

महाधिवेशनलाई प्रभावित पार्ने र आफू सभापतिको उम्मेदवार हुन पोलिटिकल स्टन्ट गर्नु भएको हो कि त ? पार्टीको बैठकमा उहाँले कहिले यी विषयलाई लिखित रुपमा प्रवेश गराउनु भएको छैन ।

उहाँ बीपीको छोरा, निर्वाचित महामन्त्री । उहाँको जिम्मेवारी भनेको अफिसको सञ्चालन, परिचालन हो । तर त्यो भूमिका देखिएन । यी सबैलाई ध्यानमा राखेर विषय प्रवेश गर्न खोज्नु भएको होला । महाधिवेशनका लागि मात्र यो खालको स्टन्ट गर्नु भएको हो जस्तो लाग्दैन । महाधिवेशनमा जान्छौं, नेतृत्वको चयन स्वभाविक प्रकृया हो । यसलाई हतारो गर्नु पर्ने देखिएको छैन ।

भनेपछि हिन्दूराष्ट्र, संघीयता, गणतन्त्रको मुद्दा आगामी महाधिवेशनमा उठ्छ ?

स्वभाविक रुपमा उठ्छ । र, यसलाई उठाउनुपर्छ भन्ने मान्यता राख्छु । किनभने सत्य कुरा, संविधान हतारमा जारी गरियो भन्नेलाई स्वीकार गरेर के केमा हतार गरियो भन्ने नसोच्ने हो भने पछि समस्या आउन सक्छ । अहिलेको सरकारले राम्रो परिणाम दिन सकेको भए सायद यी सबै विषय तर्फ कसैको सोचाइनै आउने थिएन । अझै नसोच्ने हो भने अवस्था भयावह हुन्छ ।

सरकारको काम कारवाहीलाई पनि तपाईले हेरिरहनु भएको छ । सरकारले परिणाम दिन सकेन भन्नु भयो, यथास्थितिमा सरकार चल्दैन भन्ने निष्कर्ष हो ?

अझै पनि समय छ । आफ्नो पार्टीलाई उहाँहरुले व्यवस्थापनमा राख्न सक्नु पर्‍यो । पार्टी भित्र दरार आउनु भएन । संविधान अनुसार नै पनि दुई वर्ष सरकारमाथि समस्या आउँदैन । त्यसपछि उहाँहरुबीच के के समझदारी छ । के के भएको छ, पटाक्ष छ, त्यो पछिको कुरा हो । तर दुई वर्ष पनि ठूलो समय हो । शान्ति सुरक्षा सुशासन सबै क्षेत्र त्राहिमाम छन् यी सबैलाई सुधार्ने सम्भावना रहन्छ । तर अधिकारहरु प्रधानमन्त्रीले आफैंमा थुपारेर परिणाम दिन सक्नु भएन भने समस्या हुन्छ । वामपन्थी मित्रले केही गर्न पाइएन भन्ने धङधङि नपाले हुन्छ । अहिले नगरे कहिले गर्ने र उहाँहरुलाई केले रोक्यो ?

म कांग्रेसको फ्रन्टलाइनमा नभएका कारण मसँग चाहिँ अहिले साथीहरुको खुलेर कुरा हुने गरेको छ । उहाँहरु यस्तो बेलामा पनि कांग्रेसले आफ्ना समस्याहरुलाई म्यानेज गर्दै अघि बढ्नुपर्छ भन्नुहुन्छ । अहिलेको सूचना प्रविधिको युगमा विश्वका विभिन्न स्थानमा भएकालाई समेट्दै अघि बढ्नुपर्छ । अहिले कांग्रेसमा मठाधीश प्रवृत्ति छ ।

फेरि कांग्रेसकै विषयमा कुरा गरौं । महाधिवेशन नजिकिँदै छ, अहिलेको नेतृत्वले केही गर्न सकेन भनेर आवाज पनि उठिरहेको छ, चुनावी नतिजाहरुले पनि त्यही दखाएको छ , तपाईं नयाँ नेतृत्वको सम्भावना देख्नुहुन्छ ?

सबैलाई अधिकार छ । म कांग्रेसको फ्रन्टलाइनमा नभएका कारण मसँग चाहिँ अहिले साथीहरुको खुलेर कुरा हुने गरेको छ । उहाँहरु यस्तो बेलामा पनि कांग्रेसले आफ्ना समस्याहरुलाई म्यानेज गर्दै अघि बढ्नुपर्छ भन्नुहुन्छ । अहिलेको सूचना प्रविधिको युगमा विश्वका विभिन्न स्थानमा भएकालाई समेट्दै अघि बढ्नुपर्छ । अहिले कांग्रेसमा मठाधीश प्रवृत्ति छ । सबै निर्वाचनमा जित्न हार्नका लागि एउटा क्रियाशिल सदस्य बनाउने र त्यसैबाट जाने । तर त्यसलाई पार्टीको विधानमा कत्तिको सम्बोधन गर्न वा सुनिश्च गर्न सक्छौं त्यसमा भर पर्छ ।

अहिल धेरै कार्यकर्ता परिवर्तनको पक्षमा छन् । म सुध्रिएँ वा सुध्रने मौका दिनुहोस् भन्दै अहिलेको नेतृत्व वाचासहित आयो भने अर्कै कुरा हो । तर यही अवस्थामा, निर्णय गर्न नसक्ने अवस्थामा मौका पाए भने कार्यकर्ताले कठोर निर्णय गर्न सक्छन् ।

प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेसले संसदमा प्रभावकारी उपस्थिति जनाउन सकेको देखिएको छैन । जनजिविकाका सवालमा पनि कांग्रेस सडकमा पनि कमजोर देखिएको छ आखिर कहाँ समस्या छ कांग्रेसमा ?

पार्टीमा नेतृत्व भन्नाले सभापतिको बढी भूमिका हुन्छ । नत्र केन्द्रीय समिति नै अकर्मण्यताको बन्दी बन्छ र बन्यो पनि ।

नैतिकता भन्ने कुरा संविधानमा, कानूनमा, पार्टीको विधानमा हुँदैन । त्यसलाई आफू स्वयंले बनाउने हो । स्थानीय तहको चुनावपछि बैठकहरु बसेर त्यसको विश्लेषण गरेर अगाडि गएको भए परिणाम अर्कैै हुन्थ्यो ।

महाधिवेशनको निर्वाचन भन्दा अगाडि प्रजातान्त्रिक पार्टीमा एउटा मत हुँदैन, त्यहाँ विचारको मन्थन हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पत्याउने भनेको कांग्रेसलाई नै हो । यसको इतिहासले वा शालिन विचार व्यक्तित्वले गर्दा त्यो पुँजी छ । त्यति हुँदा हुँदै पनि नेतृत्वमा अकर्मण्ता देखिएको छ ।

महासमिति बैठक पछि बहुमतले विधान संशोधन भयो भन्यो तर अहिलेसम्म लेखिँदैन । अबको महाधिवेशनमा कांग्रेसले पनि उदारता देखाउनुपर्छ । लेखिएर वेवसाइटमा नराखिएसम्म आधिकारिकता हुँदैन त्यो गर्नुपर्छ । सबैको साझा थलो कांग्रेस बन्न सक्नुपर्छ । त्यो चाहिँ महाधिवेशन पछिको नेतृत्वले मात्र गर्न सक्छ । अहिले जति कुरा गरेपनि आ–आफ्नो विचार यत्तिकै रहने छ । सकभर छिटोभन्दा छिटो महाधिवेशन गरेर त्यसबाट आउने कमिटीले नै यसलाई किनारा लगाउन सक्छ ।

चीनमा गयो उनीहरुलाई सजिलो हुने कुरामा अँ..अँ..भनेर टाउको हल्लाइदियो । अमेरिका गयो त्यही गर्‍यो । उनीहरुबीच द्वन्द्व छ, त्यसलाई बुझ्नुपरो । भारत गयो तेही गर्यो त्यसले कहिँ पुगिदैन । यस्ता कुरालाई उनीहरुले ठोस आधारको रुपमा लिन्छन् ।

देशमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार भएपछि देशमा विदेशी चलखेल बढेको र उनीहरुले सक्रियता देखाएको विश्लेषण आम मानिसले पनि गर्न थालेका छन्, सही हो यो ?

यो चिन्ताको विषय हो । यसका लाविग नैतिक दायित्व सबैको हुन्छ । हसिया हथौडाबाट सारा विश्व त्रसित हुन्छ । तर नेपालमा यसकै धङधङी छ । हामीबाट सबै हुन्छ कम्युनिस्टले मात्र गर्न सक्छन् भन्ने प्रत्युत्पादक कुराले चाहिँ कही पुगिदैन । सत्तामा पनि कम्युनिस्ट, प्रतिपक्षीमा पनि, द्वन्द्वमा पनि उनीहरु भएपछि जनता अकुलव्याकूल भएका छ । हाम्रो वातावरण धूमिल भएपछि त विदेशीले सक्रियता बढाउन सक्छन् ।

तपाईं कुटनीतिको जानकार भएको हिसाबमा भन्नुपर्दा सरकारले कस्तो खालको कुटनीति खेलेर समस्याको हल गर्न उचित हुन्छ ?

कुटनीति भनेको चातुर्यता हो, कला हो । संसद, सरकारले आफ्नो देशको राष्ट्रिय सुरक्षाको बारे, परर्राष्ट्रका विषयमा व्यापक छलफल गरेर आफ्नो कुराहरु अघि बढाएको भए त्यस्तो हुँदैन थियो । हाम्रो प्रवृत्ति कस्तो भयो भने हामी डिप्लोमेसीलाई वास्तै गर्दैनौं । कुराकानीलाई वास्ता गर्दैनौं । सहमति नै भएको छैन, कागज नै गरेको छैन भन्ने खालको धारणा राखेर बस्छौं । जसको परिणाम ठिक देखिएको छैन ।

चीनमा गयो उनीहरुलाई सजिलो हुने कुरामा अँ..अँ..भनेर टाउको हल्लाइदियो । अमेरिका गयो त्यही गर्‍यो । उनीहरुबीच द्वन्द्व छ, त्यसलाई बुझ्नुपरो । भारत गयो तेही गर्यो त्यसले कहिँ पुगिदैन । यस्ता कुरालाई उनीहरुले ठोस आधारको रुपमा लिन्छन् ।

हामी जस्तो सानो मुलुकले क्षमता भन्दा बढी आट्नु पनि गम्भीर हुन्छ । त्यसैले सन्तुलित रुपमा विदेशीहरुसँग प्रस्तुत हुनुपर्छ । सक्ने कुरा मात्र गर्छु भन्नुपर्छ । त्यसका लागि राष्ट्रभित्र शक्तिहरुबीच अभूतपूर्व एकता हुनुपर्छ । तर दुःख लाग्दो कुरा कुटनीतिक विषयमा नेकपा भित्रै छलफल भएको छैन ।

पछिल्ला दिनहरुमा प्रचण्डको अमेरिका भ्रमणले नेपालको राजनीतिक वृत्त निकै तात्यो । पश्चिमा देशहरुले मानवअधिकार उल्लंघनको विषयलाई गम्भीर रुपले लिने भएका कारण उनलाई त्यहाँ असहज हुने कुरा पनि उठेका थिए…।

आफ्नो– आफ्नो मुलुलको फरक फरक स्वाथ्र्य हुन्छ । अमेरिकी राजदूतले प्रचण्डलाई भेटेर हाम्रो देशमा चाहिँ जे सुकै परिस्थिति र उजुरी परेपनि कानूनी झमेला हुन नदिने भनेपछि त्यो देखिएन तर युरोपले गर्न सक्छन् । मानवअधिकारको विषय ठूलो देशको मापदण्ड फरक हुन्छ । मानवअधिकार र युद्धअपराधका कुरामा हामी उन्मुक्ति दिन्छौ नभनि जानु खतरायुक्त छ ।

भारतको लागि नेपाली राजदूतको भूमिकामा पनि रहनुभयो, भारतमा अहिले निर्वाचन हुँदैछ, भारतको निर्वाचन पछिको नेपालको राजनीतिक कोर्ष अन्यत्रै जान्छ भन्ने आकलन गर्नेहरु पनि छन्, के यो सत्य हो ?

मलाइ के लाग्छ भने नेपाल भारतको सम्बन्ध भनेको कुनै पार्टी वा नेता विशेषको सम्वन्ध होइन । जनस्तरको समबन्ध रहन्छ । यसका लागि नेपाल भारत दुबै बाध्य छन् । दुबैलाई लाभ हुनुपर्छ । भारतले पनि आफ्नो विचारलाई सुधार गर्दै लगेको छ । नेपालमा पनि भारतलाई गाली गर्दैमा राष्ट्रवादी भइन्छ भन्ने कुरा लाई छोड्नुपर्छ ।

अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्ने कुराको औचित्य छैन अब कम्युनिस्टहरुले छोडे हुन्छ । अब जनस्तरको समबन्धलाई थप मजवुद बनाउनुपर्छ । भारतीय जनता पार्टीले हिन्दूत्वको मुद्दा उठाएको छ । त्यसमा पनि नपाल भनेको देवभूमि, आधारभूमि र स्तुत्यको ठाउँ भन्ने गरेको छ । तर उनीहरु पनि आफ्नो संविधान अनुसार बाँधिएका छन् । त्यसैले कुनै एउटा चुनाव र व्यक्तिले नेपालको व्यवस्थामा असर पर्दैन ।

‘भारतमा पानी पर्दा नेपालमा छाता ओढ्ने’ खालको परिस्थिति बेलाबखतमा हुने गरेको छ, पूर्व राजा पनि तराईंको भ्रमणमा निस्किए, यसले केही संकेत गर्दैन उसोभए ?

यसलाई त्यसरी हेर्नु उपयुक्त हुँदैन । पूर्व राजाको भ्रमण शालिन छ । शक्ति पिठहरुमा जाने घुम्ने सामान्य कुरा हो । सरकारले परिणाम दिन सकेन अकर्मण्यता देखायो भने जनता त जनता हुन् नि ! पूर्व राजाले अन्यथा नगरे र नसोचेसम्म हामीले शंका गर्नु हुँदैन । राज संस्थाको लिगेशीलाई मर्यादित हिसावमा उनले सम्पादन गरेको मैले पाएको छु ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ३ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०