‘ट्रम्प र रुसबीच कुनै साँठगाँठ छैन’ « Khabarhub

‘ट्रम्प र रुसबीच कुनै साँठगाँठ छैन’


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुससँग साँठगाँठ रहेको विषयमा अनुसन्धान गरेका अमेरिकी न्यायमन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरको अनुसन्धान प्रतिवेदनले त्यस्तो कुनै किसिमको साँठगाँठबारे सङ्केत नगरेको निष्कर्ष निकाल्दै अमेरिकी महान्यायाधीवक्ता विलियम बारले अनुसन्धान प्रतिवेदनबारे कङ्ग्रेसलाई औपचारिक जानकारी गराएका छन् ।

रोबर्ट मुल्लरले महान्यायाधीवक्ता समक्ष पेश गरेको गोप्य अनुसन्धान प्रतिवेदनबारे कङ्ग्रेसलाई जानकारी गराउँदै महान्यायाधीवक्ता बारले लेखेको पत्रमा मुल्लर प्रतिवेदनमा सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुस र ट्रम्पबीच त्यस्तो कुनै साँठगाँठ रहेको स्पष्ट प्रमाण नभेटिएको उल्लेख छ ।

यद्यपि महान्यायाधीवक्ता बारले कङ्ग्रेससमक्ष पेश गरेको ४ पृष्ठ लामो पत्रमा रुस–ट्रम्प सँठगाँठबारे अनुसन्धान गरिरहेका अमेरिकी संघीय अनुसन्धान व्यूरो एफबीआईका तत्कालीन निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्दा उनले अमेरिकी न्याय प्रणालीमा बाधा हालेको भन्ने विषय भने अनिर्णित नै रहेको उल्लेख छ ।

रुस–ट्रम्प साँठगाँठबारे २२ महिना लामो अनुसन्धानमा ट्रम्पको चुनावी अभियानका कसैले पनि रुस सरकारसँग कुनै किसिमको साँठगाँठ वा सहकार्य नगरेको महान्यायाधीवक्ता बारले पेश गरेको पत्रमा उल्लेख गरिएको छ । त्यस्तै ट्रम्पले कुनै गलत काम गरेको ठोस प्रमाण पनि मुल्लरको प्रतिवेदनमा नभेटिएको बारले कङ्ग्रेसलाई जानकारी गराएका छन् ।

यसलाई आफ्नो कार्यकाल सम्हाल्नुअघि देखि नै विपक्षीहरुबाट रुससँग साँठगाँठ रहेको आरोप खेपिरहेका ट्रम्पका लागि ठूलो राजनीतिक वियजका रुपमा लिइएको छ । ट्रम्पले बारम्बार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए । बारले मुल्लरको अनुसन्धान प्रतिवेदनबारे कङ्ग्रेसलाई पठाएको पत्र सार्वजनिक भएलगत्तै ट्विट गरेका ट्रम्पले आफूले पूर्ण रुपमा निर्णायक छुटकारा पाएको टिप्पणी गरेका छन् ।

तर, डेमोक्र्याटिक पार्टीका नेताहरुले भने मुल्लरको प्रतिवेदनप्रति असन्तुष्टी व्यक्त गर्दै ट्रम्पको रुसमा अनुचित व्यापारिक सम्बन्ध रहेकोबारे कङ्ग्रेसमार्फत् नै अनुसन्धान गरिरहने जनाएका छन् । त्यस्तै केही डेमोक्र्याटहरुले मुल्लरको प्रतिवेदन तत्काल सार्वजनिक गर्न समेत आह्वान गरेका छन् ।

यद्यपि मुल्लरको पूर्ण प्रतिवेदन कहिले वा कसरी सार्वजनिक हुने भन्नेबारे स्पष्ट भइनसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ३ : १५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय