डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी « Khabarhub

डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ ।

स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकम मात्र लिएर फरार भएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

छ जनाको समूहले चोरी गरेको सीसीटिभी फुटेजमा देखिएको छ । सटर तानेको ठाउँमा पाँचजना बाहिर बसेको र एकजनाले पैसा झिकेपछि भागेको सीसीटिभी फुटेजमा देखिन्छ ।

चोरको समूह पैसा चोरेर गोरखकालीको बाटो हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाल प्रहरीले सीमा नाका नजिक लगाएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ८ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन