पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको शालिक शङ्खपार्कमा अनावरण « Khabarhub

पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको शालिक शङ्खपार्कमा अनावरण


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले शङ्खपार्क रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गरेका हुन् ।

कार्यक्रममा कामपाका प्रमुख शाक्यले शङ्खपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि पनि उपयुक्त हुने बताउँदै उनले रसियासँग नेपालको कुटनीतिक सम्बन्धबाट आपसी सिकाइ आदानप्रदान गर्ने मौका प्राप्त भइरहेको जानकारी गराए ।

प्रमुख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको अन्तर्राष्ट्रिय सम्बन्धमा चर्चा गर्दै भने, “२७ बर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ बर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा सशक्तिकरणको उदाहरण हो ।”

बृहत्तर विकासका लागि रसिया नेपाललाई प्रविधिमा सहयोग गर्न तत्पर रहेको भन्दै अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत विकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने विश्वास व्यक्त गरे । साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड्याएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ । सो संरचना तयार पार्न करीब रु ३ लाख १५ हजार रूपैयाँ लागेको बताइएको छ ।

पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे । सन् १९३४ मार्च ९ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ११ : ०३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन