सुडान सङ्कटः तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी | Khabarhub Khabarhub

सुडान सङ्कटः तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

सुडान – सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर उनीहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ ।

राजीनामा गर्नेहरुमा परिषदको राजनीतिक समितिको नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल ओमार जाइन अल–अबिदीन सहित लेफ्टिनेन्ट जनरलद्वय जलाल अल–दीन अल–शेख र अल–तायिब बबाकर अलि फादील छन् ।

सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता सुडानी पेशागत सङ्घ एसपिएले सैनिक परिषद विरुद्ध राजधानी खार्तुम सहित देशका प्रमुख शहर र ग्रामीण इलाकामा दशौं लाख जनतालाई सडकमा उत्रन आह्वान गरेसँगै सैनिक अधिकारीहरुले राजीनामा दिए ।

सङ्घले प्रदर्शनमा उत्रिएका जनतालाई दमन गरेको र धेरै प्रदर्शनकारीको हत्या आरोप लागेका यी तीनै अधिकारीलाई परिषदबाट तत्काल बर्खास्त गर्न माग गरिरहेको छ ।

बुधबार साँझ विपक्षी र सैनिक परिषदबीच आपसी मतान्तर सुल्झाउन एउटा समिति गठन गर्न सहमति भएको थियो ।

सुडानका तत्कालीन शासक ओमार अल–बसिरलाई सेनाले नै सत्ताच्यूत गरेपनि नागरिक सरकार गठन हुन सकेको छैन । बरु सेनाको नयाँ नेतृत्वले सैनिक परिषदको नाममा पुनः सैनिक शासन चलाउने प्रयत्न थालेको सुडानी विपक्षीहरुको आरोप छ ।

“सुडानको वर्तमान सङ्कटको सुरक्षित अवतरणका लागि सेना र विपक्षीबीच छलफल जारी छ र हामी दुबै सङ्कट समाधानमा सहयात्री हुन चाहन्छौं,” सैनिक परिषदका प्रवक्ता शाम्स अल दिन कब्बासीले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताए । उनले भने “सैनिक परिषदले वार्ताका लागि विपक्षीहरुलाई आमन्त्रण गरिसकेको छ, र संवाद एवं सम्झौताका लागि परिषद खुला छ ।”

विपक्षीहरुले पनि समस्याको समाधान वार्ताबाटै गर्न चाहेको बताएका छन् ।

एसपिएले जारी गरेको पछिल्लो वक्तव्यमा “हाम्रो एक मात्र चाहना सङ्क्रमणकालीन नागरिक शक्तिलाई सत्ताको शान्तिपूर्ण हस्तान्तरण हो र यसले मात्र क्रान्तिका सहभागीको भावनालाई प्रतिबिम्बित गर्नेछ” भनिएको छ । सत्ता हस्तान्तरण बाहेक अन्य विषयमा सैनिक परिषदसँग वार्ता गर्न आफूहरु तयार नभएको पनि एसपिएले स्पष्ट गरेको छ ।

मङ्गलबार सेनाले सैनिक मुख्यालय र रक्षा मन्त्रालय बाहिर प्रदर्शनकारीले सडकमा राखेका अबरोधहरु हटाउने प्रयत्न गरेको थियो । तर प्रदर्शनकारीहरुले मुख्य सडकमा अझ बढी अबरोधहरु खडा गरेका छन् ।

सुडानमा सैनिक शासनको विरोधमा महिनौंदेखि प्रदर्शन जारी छन् । बर्तमान सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने जनताको माग छ ।

प्रदर्शनकै बीचमा करिब ३० वर्ष शासन चलाएका तत्कालीन राष्ट्रपति बसिरलाई सेनाले गत अप्रिल ११ तारिखका दिन नै अपदस्थ गरेको छ । उनलाई हाल सेनाले नजरबन्दमा राखेको बताइन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : ०८ बजे

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं–  उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि

औषधि मूल्य समायोजन प्रतिवेदन सार्वजनिक नहुँदै व्यवसायी आन्दोलित, आफ्नो मात्र हित नहेर्न आग्रह 

औषधीको मूल्य नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

टेक्सास– नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न