मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ « Khabarhub

मालपोत कार्यालयका पियन २० हजार घुससहित पक्राउ


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– रुपेन्देहीको भैरहवास्थित जिल्ला मालपोत कार्यालयको तामेली शाखामा कार्यरत कार्यालय सहयोग (पियन) २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कार्यालयका सेवाग्राहीले निवेदनमार्फत सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी गर्नका लागि पियन जोगेन्द्र प्रसाद चौधरीले २० हजार रुपैयाँ घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयमा चौधरीले घुस मागे गरेको भन्दै उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

सोही क्रममा चौधरी बुधबार घुस लिइसकेको अवस्थामा मालपोत कार्यालय परिसरबाटै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १ : ०१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन