लामो समय यौन सम्पर्क नगरे शरीरमा आउँछ यस्तो परिवर्तन | Khabarhub Khabarhub

लामो समय यौन सम्पर्क नगरे शरीरमा आउँछ यस्तो परिवर्तन


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क (सेक्स) गर्न सक्दैनौं ।

यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?

यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय यौन सम्पर्क नगर्दा भएको हो भनेर ।

यो आलेखमा लामो समय यौन सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।

सम्बन्धमा तितोपना

कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन ।

यसको एक प्रमुख कारण लामो समय यौन सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय यौन सम्पर्क नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

कामेच्छामा परिवर्तन

लामो समयसम्म यौन सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग यौन सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा (यौन चाहना) जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।

थकान महसूस

तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म यौन सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित यौन सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म यौन सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने समस्या

लामो समयसम्म यौन सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमतामा कमि

तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा–खोकी कहिलेकाहीँ यौन सम्पर्क गर्दा नै ठीक हुन सक्छ । यौन सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ । जसका कारण सामान्य खोले बिमारीबाट सेक्स गर्दा पनि छुट्करा पाइन्छ ।

तर, तपाईंले लामो समयसम्म सेक्स गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा–खोकी)बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गोप्य अङ्गमा संक्रमण

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय यौन सम्पर्क नगर्दा तपाईंको गोप्य अंग (यौनाङ्ग)मा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म यौन सम्पर्क नगर्नु भनको यौनाङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौनाङ्ग कमजोर हुन्छ ।

एक रिसर्चका अनुसार लामो समयसम्म यौन सम्पर्क नगर्ने महिलाको यौनाङ्गको छाला कमजोर र पातलो हुन जान्छ । जसले गर्दा यौनाङ्गमा संक्रमण हुने खतरा पनि बढी हुन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १ : ५४ बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई