स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम « Khabarhub

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो नामावली भएकाको नाम मतदाता सूचीबाट हटाएको हो ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका गरी कुल दुई हजार ५७२ जना मतदाताको नाम सूचीबाट हटाइएको हो ।

‘यसअघि मतदाताको नामावलीमा भएका त्रुटि सच्याउनका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन प्राप्त भएका थिए’, उनले भने, ‘प्राप्त निवेदनका आधारमा यस अवधिमा ३४५ जना मतदाताको नामावलीमा भएका त्रुटि सच्याइएको छ ।’

ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको मतदान केन्द्र (ठाउँसारी निवेदन)का आधारमा केन्द्र परिवर्तन गरिएको छ । कार्यालयले गत असोजमा मतदाताको नामावली अद्यावधिक गरेको थियो ।

अद्यावधिकपश्चात् निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ कायम भएको छ । त्यसमध्ये पुरुष एक लाख २३ हजार ११२ जना, महिला एक लाख २५ हजार ९५० जना र अन्य एक जना छन् ।

२०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ४८ हजार ८१६ मतदाता सङ्ख्या कायम रहेको थियो । मतदाता अद्यावधिक कार्यक्रमपश्चात् मतदाताको सङ्ख्या बढेको छ । गत फागुनमा सम्पन्न भएको निर्वाचनमा कायम भएका सङ्ख्याभन्दा अद्यावधिक भएपछि २४७ जना मतदाता बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ५ : ४७ बजे

विपद प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा

म्याग्दी– मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको

हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

स्याङ्जा– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण