एयर इण्डियाको विमानमा आगलागी | Khabarhub Khabarhub

एयर इण्डियाको विमानमा आगलागी


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा एयर इण्डियाको विमानमा आगलागी भएको छ । राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अबेर बोइङ ७७७ विमानमा आगलागी भएको हो ।

अमेरिकाको सन फ्रान्सिस्को जाने तयारीमा रहेको विमानको एसी मर्मत गर्ने क्रममा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीको समयमा विमान खाली रहेकाले आगलागीबाट कुनै मानवीय क्षति नभएको अधिकारीले जनाएका छन् । एयर इण्डियाले भने यो घटनालाई सामान्य घटना भएको भन्दै चिन्ता गर्नुपर्ने कुनै कराण नभएको जनाएको छ ।

आगलागी तत्काल नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान शुरु गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ३ : २३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका