२ लाख भन्दा बढी नेपाली औलो रोगको उच्च जोखिममा, कसरी जोगिने ? « Khabarhub

२ लाख भन्दा बढी नेपाली औलो रोगको उच्च जोखिममा, कसरी जोगिने ?


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा २ लाख भन्दा बढी मानिस औलो रोगको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको औलो सुक्ष्मस्तरीकरण अध्ययन २०१८ को तथ्यांकले अनुसार नेपालमा २ लाख १६ हजार ७ सय ६ जना नेपाली औलो रोगको उच्च जोखिममा छन् ।  यस्तै ९ लाख २७ हजार ४ सय १४ जना औलो रोगको मध्ययम जोखिममा रहेका छन् ।

विश्व औलो दिवसमा महाशाखाले विहीबार सार्वजनिक गरेको तथ्यांकमा देशभरका २० वटा जिल्लाहरु औलो रोगको उच्च तथा मध्यम जोखिममा रहेका छन् । यस्तै ४९ वटा वडा औलो रोगको उच्च जोखिममा छन् भने, १ सय ५३ वटा वडाहरु मध्यन जोखिम रहेका छन् ।

सरकारले सन् २०२५ सम्मलाई नेपालमा औलो मुक्त बनाउने उद्देश्यले सन् २०१४ मा नेपाल औलो रणनीति योजना समेत बनाएको थियो ।
औलो रोग निवारणका लागि सरकारले निदान तथा उपचार, प्रकोप नियन्त्रण, झुल वितरण, औलो रोग लागेका बिरामीको खोजी लगायतको कार्यक्रमह रु गरिरहेको छ ।

औलो निवारण कार्यक्रमका लागि सरकारले वार्षिक रुपमा ग्लोबल फन्ड मार्फत साढे दुई करोड, जोखिम रहेका क्षेत्रमा झुल वितरणको लागि ७५ लाख र लामखुट्टे नियन्त्रणको लागि विषदीमा ३ करोड खर्च गर्दै आएको छ । सरकारले औलो रोग नियन्त्रणका लागि झुल वितरण लामखुट्टे नष्ट गर्ने अभिया लगायतका कार्यहरु गर्दै आएपनि रोग नियन्त्रण भने हुन सकेको छैन ।

आर्थिक वर्ष २०७४/७५ मा मात्रै १ हजार १ सय ८७ मानिसमा औलो रोग लागेको थियो ।  जसमा पी भाइभेक्स औलो १ हजार १ सय ५ जनामा देखिएको थियो भने, पी फाल्सिपारम औलो ८२ जनामा लागेको थियो ।

सुदुरपश्चिम प्रदेशमा औलो रोगको उच्च जोखिम रहेको छ । महाशाखाको तथ्यांकको अनुसार गत आर्थिक वर्षमा सुदुरपश्चिममा मात्रै ५ सय ८६ जनामा औलो रोगको संक्रमण देखिएको थियो । सुदुरपश्चिममा देखिएको औलो रोगमा २ सय ७० जना स्थानीय थिए भने ३ सय १६ जना आयातित औलोका बिरामी थिए ।

यस्तो छ प्रदेशगत विवरण

 

के हो औलो रोग ?

औलो रोग एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्छ । कामज्वरो आउनु औलो रोगको मुख्य लक्षण हो । नेपालमा औलो रोगको परीक्षण तथा औषधि उपचार निशुल्क रहेको छ ।

औलो रोग लागेको यसरी थाहा पाउने ?

–ज्वरो आउने,

–ज्वरोसँगै धेरै जाडो वा गर्मी हुने र पसिना आउने ,

–ज्वरो केही समय बिराई वा नियमित आउनु,

–रक्तअल्पता हुनु,

– लामो समयसम्म ग्रसित पारेमा फियो बढ्नु र उपचार नगरेमा फियोको आकार वृद्धि हुनु ।

औलो रोग लागेको व्यक्तिमा मस्तिष्क ज्वोरोमा बिरामीको मस्तिष्क कार्यप्रणालीमा असर भई टाउको दुख्ने, वान्ता हुने, बेहोस हुने र समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुने गर्छ ।

औलो रोगबाट कसरी बच्ने ?

–लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो ।

–औलो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न किटनाशक युक्त झुलको प्रयोग गर्ने,

–घरको झ्यालढोकामा जालीको प्रयोग गर्ने,

–लामखुट्टेको भगाउने धुपको प्रयोग गर्ने,

–पुरा बाहुला भएको लुगा लागउने,

–शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने,

–घर तथा गोठमा कीटनाशक औषधि छर्केर लामखुट्टे नास गर्ने,

– खाल्डोमा पानी जमेको ठाउँ तुरुन्तै पुरिदिएर लामखुट्टेका लार्भाहरु तथा बच्चा विनास गर्ने ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ६ : १२ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर